आगामी बजेटमा अछामको बयालपाटा अस्पताललाई समेट्न माग

आगामी बजेटमा अछामको बयालपाटा अस्पताललाई समेट्न माग

कैलाली : सुदूरपश्चिम प्रदेशसभा सदस्य मेघराज खड्काले आगामी बजेटमा अछामको बयालपाटा अस्पताललाई समेट्न माग गरेका छन् । शुक्रबार प्रदेश सभामा नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा बोल्दै प्रदेशसभा सदस्य खड्काले यस्तो माग गरेका हुन् ।

उनले तीन वटा जिल्लाका जनताले सेवा पाइरहेको बयालपाटा अस्पतालका लागि बजेट छुट्याउनु पर्ने माग गरे । विदेशी लगानीबाट सञ्चालनमा रहेको अस्पतालका लागि प्रदेश सरकारले पनि बजेट विनियोजन गर्नु पर्ने उनको भनाई छ ।

उनले भने, ‘गत वर्षको नीति तथा कार्यक्रममा समेटिएको बयालपाटा हस्पिटल । मैले यो भन्दा अगाडि पनि बोलेको थिए । विदेशीले करोडौँ लगानी गरेको हस्पिटलबाट त्यहाँ तीन वटा जिल्लाले सेवा पाइरहेको छ । त्यसलाई अबका बजेटमा समेटिदिनका लागि अनुरोध गर्दछु ।’

यस्तै पहाडी जिल्लाका भूकम्प पीडितका समस्या पनि बजेटमा समेटिनु पर्ने उनले बताए । यस्तै अछामको बुढीगंगा नदीले सयौँ बिघा जग्गा बगाएको बताउँदै उनले त्यसको दिगो नियन्त्रणमा पनि प्रदेश सरकारले ध्यान दिनुपर्ने बताए ।

उनले साँफेको विमानस्थल र चार धाममध्येको एक वैद्यनाथ धाम पनि नदीका कारण जोखिममा रहेको भन्दै बजेट छुट्याइदिन माग गरे । यस्तै उनले प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममा सबै कुरा समेटिएको प्रदेशसभा सदस्य खड्काले बताए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार