धनगढीमा सिसिएस १०+२ पोस्ट एसइई फुटसल प्रतियोगिता हुँदै

धनगढीमा सिसिएस १०+२ पोस्ट एसइई फुटसल प्रतियोगिता हुँदै

धनगढी : धनगढीको फ्ल्याटल्याण्ड फुटसल मैदानमा भोलि देखि सिसिएस १०+२  खुला फुटसल प्रतियोगिता सञ्चालन हुने भएको छ । धनगढी २ रातो पुलमा रहेको सिसिएस १०+२ ले आयोजना गर्न लागेको हो ।

उक्त प्रतियोगितामा करिब २० टिमको सहभागिता रहने र एसइई परीक्षा दिएर बसेका विद्यार्थिहरु लाई लक्षित गरी खेल आयोजना गरिएको प्रतियोगिता संयोजक सागर साउदले बताए । 

एसइई दिएर बसेका विद्यार्थिहरु फुर्सदिला रहेका र उनीहरूमा पठन संस्कृतिको ह्रास हुने कुरालाई ध्यानमा राखी पढाइ प्रति अभिरुचि अभिवृद्धि गर्न खेल आयोजना गरिएको स्कुलका प्राचार्य तीर्थराज फुलाराले बताए । 

दुई दिन सम्म सञ्चालन हुने उक्त प्रतियोगिताको विजेतालाई १५००० र उप-विजेतालाई ८००० नगद सहित मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

सिसिएस १०+२ ले आयोजना गर्न लागेको यो पोस्ट एसइई फुटसल प्रतियोगिताको दोस्रो संस्करण हो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

50%

खुसी

0%

दुःखी

0%

अचम्मित

50%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार