हिन्दी सिनेमा ‘आदिपुरुष’को प्रदर्शनमा नेपालमा पनि हलहरुले प्रत्येक शोमा एउटा सिट हनुमानका लागि छुट्याउने

एसटिएस सिनेमा हल

धनगढी : हिन्दी सिनेमा ‘आदिपुरुष’को प्रदर्शनमा नेपालमा पनि हलहरुले प्रत्येक शोमा एउटा सिट हनुमानका लागि छुट्याउने भएकाछन् । एस .टी. एसले हनुमानका लागि सिट छुट्टयाउने भएको हो ।

निर्माण पक्षले गरेको आग्रह अनुसार हामीले पनि हनुमानका लागि प्रत्येक शोजमा एउटा सिट खाली गर्ने निर्णय गरेका छौँ,’ एस .टी. एसले भन्यो ।

ओम राउतले निर्देशन गरेको सिनेमामा प्रभास रामको भूमिकामा छन् । सैफअली खानलाई रावणको भूमिकामा देख्न सकिनेछ । कृतिसेननले सीताको भूमिका निर्वाह गरेकी छन् । जुन १६ बाट सिनेमा रिलिज हुँदैछ ।

पाँच सय करोडमा बनेको सिनेमाले रिलिजअगाडि नै ४३२ करोड भारतीय रुपैयाँमा उठाएको छ । अब यो सिनेमाले हलबाट ६८ करोडभारू मात्र कमाए लगानी सुरक्षित हुने भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार