धनगढीमा एसीसहितको सेवाग्राही प्रतिक्षालय र डिजिटल वडापत्र सञ्चालनमा

धनगढीमा एसीसहितको सेवाग्राही प्रतिक्षालय र डिजिटल वडापत्र सञ्चालनमा

धनगढी : धनगढी उपमहानगरपालिकाले सेवाग्राहीलाई सहज होस् भनेर वाताअनुकूलित (एसी) सहितको सुविधा सम्पन्न सेवाग्राही प्रतिक्षालय सञ्चालनमा ल्याएको छ । सो प्रतिक्षालयको मंगलबार। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले उदघाटन गरे ।

प्रतिक्षालयमा सेवाग्राहीलाई पिउने पानी, डिजिटल नागरिक वडापत्र, एसी, टेलिभिजन र निःशुल्क इन्टरनेटको व्यवस्था गरिएको छ ।

प्रतिक्षालय बनाउन २२ लाख ५१ हजार ३६१ रुपैयाँ र फर्निचर लगायतका सामग्री राख्न छ लाख गरी २८ लाख ५१ हजार ३६१ रुपैयाँ खर्च भएको धनगढी उपमहानगरले जनाएको छ । कार्यालयमा आउने सेवाग्राहीलाई प्रविधिसँगै सेवा लिन सजिलो होस् भनेर सुविधा सम्पन्न सेवाग्राही प्रतिक्षालय निर्माण गरिएको नगरप्रमुख गोपाल हमालले बताए । नगरप्रमुख महालले उपमहानगरमा आउने सेवाग्राहीले प्रतिक्षालयबाटै कार्यालयका सेवाका ’दयगतमा जानकारी लिन सक्ने बताए ।

सेवाग्राही प्रतिक्षालयको उदघाटन गर्दै मुख्यमन्त्री शाहले घाममा बस्दै आएका सेवाग्राहीका लागि प्रतिक्षालय प्रविधिमैत्रीका साथै डिजिटल वडापत्र, खानेपानी, एसी, टेलिभिजनसहितका सामग्री राखेर धनगढी उपमहानगरले सह्रानीय काम गरेको बताए । कार्यालयमा आउने सेवाग्राही घामपानीमा भिज्नुपर्ने तथा रुखमुनी बस्नुपर्ने अवस्था थियो । सेवाग्राहीले आत्मसम्मान महसुस गरुन् भनेर खानेपानी, इन्टरनेट लगायतका सुविधा भएको प्रतिक्षालय निर्माण गरिएको नगरप्रमुख हमालले बताए ।

  • डिजिटल वडापत्र सञ्चालन

कैलालीको धनगढी उपमहानगरपालिकाले डिजिटल नागरिक वडापत्र सञ्चालनमा ल्याएको छ। 

सेवाग्राहीलाई सेवा लिनमा सहजताका लागि उपमहानगरपालिकाले मङ्गलबारबाट डिजिटल नागरिक वडापत्र सञ्चालनमा ल्याएको हो। 

नागरिक वडापत्रमा उपमहानगरपालिकाले प्रदान गर्ने सेवा, सेवा उपभोगको प्रक्रिया, आवश्यक कागजात र लाग्ने दस्तुर लगायतको बारेमा जानकारी राखिएको छ। यी सबै कुरा सेवाग्राहीले आफै डिजिटल बोर्डमा शाखा छानेर हेर्न सक्ने व्यवस्था गरिएको छ। 

उपमहानगरपालिकामा सेवा लिन आएका सेवाग्राहीहरूले आफूले लिने सेवाको बारेमा डिजिटल नागरिक वडापत्रबाट जानकारी लिएर छिटोछरितो रूपमा सेवा लिन सक्ने धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले बताउनुभयो। 

कतिपय सेवाग्राहीले सेवा लिने तरिका नबुझ्दा काम नभएको गुनासो गर्दै आएका थिए। अब त्यस्तो गुनासा पनि हल हुने उपमहानगरपालिकाको कार्यालयले जनाएको छ।

यसैगरी, के सेवा, कुन शाखाबाट पाइने भन्ने कुरा पनि डिजिटल वडापत्रबाट सजिलै थाहा पाउन सकिने भएकाले सेवाग्राहीलाई धेरै सहज हुने जनाइएको छ। 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार