SKIP THIS

S.P.A  Collage

कैलाली कारागारमा ‘किलर ग्याङ’ सहितका कैदीहरू र चौकीदारहरूबीच कुटाकुट

कैलाली कारागार
कैलाली कारागार

धनगढी : कैलालीमा कैदीबन्दी र कर्मचारीबीच कुटाकुट भएको छ । जिल्ला कारागारमा जेठ २२ गतेका दिन कैदीबन्दीहरूसहित कारागारका कर्मचारीबीच कुटाकुट भएको हो ।

कारागार स्रोतका अनुसार लम्कीका भुपेन्द्र बडुवालको हत्या प्रकरणमा कैद भुक्तान गरिरहेका ’किलर ग्याङ’ सहितका कैदीहरू र चौकीदारहरूबीच कुटाकुट भएको हो । 

कुटाकुटमा परि कारागारका आउटडोर चौकीदार सन्तोषकुमार शाही र खगेन्द्र बम लगायतका केही कैदीहरू पनि घाइते भएका थिए ।

उक्त घटनापछि हिजोमात्रै १६ जना कैदी र केही कर्मचारीलाई जेलबाट हटाइएको छ । उनीहरूलाई भैरहवा, नेपालगन्ज र नवलपरासी लगायतका जिल्लाका कारागारमा सारिएको हो । तर भुपेन्द्र हत्याकाण्डका अभियुक्तहरू भने कैलाली कारागारमै छन् । 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

सम्बन्धित समाचार