पत्नी आरजुलाई लिएर उपचारका लागी सिंगापुर गए कांग्रेस सभापति देउवा

प्रधानमन्त्री देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मंगलबार सिंगापुर प्रस्थान गरेका छन्। 

गएराति  १२ बजे सिंगापुर एयरलाइन्सको विमानमार्फत सभापति देउवा त्यसतर्फ प्रस्थान गरेको उनको सचिवालयले जानकारी दिएको छ। 

सभापति देउवा नियमित फलोअपका लागि सिंगापुर गएका हुन्। उनीसँगै पत्नी आरजु राणा देउवा पनि  सिंगापुर गएकी छन्।   

उनी २/२ वर्षमा फलोअपमा जानुपर्नेमा अहिले ३ वर्षमा जान लागेको सचिवालयको भनाइ छ। उनीहरू करिब एक सातापछि स्वदेश फर्कने सचिवालयले जानकारी दिएको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार