सेति प्रादेशिक अस्पतालको मर्मत गरिएको प्रयोगशाला भवन हष्तान्तरण

सेति प्रादेशिक अस्पतालको मर्मत गरिएको प्रयोगशाला भवन हष्तान्तरण

धनगढी : सेति प्रादेशिक अस्पतालको मर्मत गरिएको प्रयोगशाला भवन हष्तान्तरण गरिएको छ ।

कोरिया हन्तराष्ट्रिय समन्वय एजेन्सी (कोइका),  ग्लोबल डिजिस एराडिकेशन कोष, इन्टरनेश्नल भ्याक्सिन इनस्टिच्युट, गुड नेभर, गु्रप फर टेक्निकल एसिस्टेण्टको सहयोग तथा जनचेतना तथा युवा जागरण मञ्च (फाया) नेपालको सहयोगमा मर्मतमा भएको प्रयोगशाला भवन आइतबार अस्पताललाई हष्तान्तरण गरिएको हो ।

कोइकाका जोङ्वा भुले अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर हेमराज पाण्डेयलाई भवन हष्तान्तरण गरेका हुन् । सो अवसरमा बोल्दै उनले प्रदेशको स्वास्थ्य क्षेत्रको गुणस्तरलाई ध्यानमा राख्दै संस्थाले विभिन्न समयमा सहयोग गर्दै आएको बताए । उनले आगामी दिनमा पनि प्रदेशको स्वास्थ्य क्षेत्र सुधारका लागि संस्थाले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

भवन हष्तान्तरण कार्यक्रममा कोइकाका रिसर्च साइन्टिस्ट डिनियल चुल्व रिह,  परियोजना म्यानेजर डेल्मिके च्वाई, कन्ट्री डाइरेक्टर ज्याँ क्यूँ रोह, परियोजना संयोजक रञ्जित चौधरी लगायतले धारणा व्यक्त गरेका थिए ।

थोरै लगानीमा जिर्ण रहेको भवनलाई मर्मत गर्दै प्रयोगमा ल्याइएको फाया नेपालका कार्यक्रम संयोजक शेरबहादुर बस्नेतले बताए । सो भवन मर्मतमा ४८ लाख २० हजार दुई सय ११ र सामाग्री आपुर्ति तथा व्यवस्थापनमा २३ लाख १९ हजार दुई सय ८३ रुपैया लगानी भएको उनले बताए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार