देह व्यापार गर्न नमाने पछि परिवारका चार जनाले निर्मलाको हत्या गरेको आरोप (भिडियो सहित)

देह व्यापार गर्न नमाने पछि परिवारका चार जनाले निर्मलाको हत्या गरेको आरोप (भिडियो सहित)

धनगढी : कञ्चनपुर घर भई भारत बस्दै आएकी निर्मला रावल सेट्टीको श्रीमान लगाएत घरपरिवारले भारतमा हत्या गरेको आरोप लागेको छ । बिवाह गरेर यौन व्यवसायमा लगाउन खोज्दा २१ वर्षिय निर्मला रावल सेट्टीले नमाने पछि श्रीमान लगाएत घरपरिवारले मुम्बईमा हत्या गरेको मृतकका माईती पक्षले आज धनगढीमा पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । 

कैलालीको गोदावरी नगरपालिका १० मल्लो खमौरा माइत भएकी उनले २०७९ माग १५ गते ३३ वर्षिय नरेश सेट्टीसंग विवाह गरेकि थिईन । निर्मलाले दुई तिन महिना पछि श्रीमान र घर परिवार संग बस्न असहज भएको बताएकी उनका बुवा कृपाल सिंह रावलले जानकारी दिए ।

विबाह गरे पछि कहिले काहीँ परिवारमा झगडा हुन्छ परिवारमा मिलेर बस्नु पर्छ सानो कुरामा ठुलो बनाउन हुदैन भनेर आफुले सम्झाएको बताए । गत जेठ ३१ गते विहान ११ बजे निर्मलाले आफ्नी दिदिलाई म्यासेज गर्दै आफुलाई परिवारले मार्न लागेको र यहाँ बाट लग्न भनि आग्रह गरेकी थिईन ।

दिउसो २ बजे उनका भाईहरु घर पुग्दासम्म हत्या गरेर शव अस्पतालमा पुर्याएको उनका बुवाले बताए । उनले आफ्नी छोरीले यौन व्यावसायमा लाग्न नमानेकै कारण हत्या गरिएको आरोप लागाएका छन् ।

मृतक निर्मलाका श्रीमान ३३ वर्षिय नरेश सेट्टी, सासु आमा ६४ वर्षिय लक्षमी सेट्टी, मृतककी दिदि सासु ३५ वर्षिय नरमा सेट्टी र ४४ वर्षिय दिपीका सेट्टी भारतमा यौन धन्दा गरेर बस्दै आएका उनले बताए ।  अन्य जागिर नगर्ने र उनको परिवार सवै यौन धन्दाबाटै पैसा कमाउने गरेको मृतकका बुवाले आरोप लागएका छन  ।

श्रीमान र परिवारले आत्महत्या गरेको बताए पनि निर्मलाको विधिवत हत्या गरिएको र घटनाको निश्पक्ष छानविन गरी दोसीलाई कार्बाही गर्न मृतकका माईती पक्षको माग छ ।  मृतक निर्मलाका श्रीमान सहित चार जनालाई कञ्चनपुर प्रहरीले पक्रउ गरेको छ ।

भिडियोः

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

50%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

50%

आक्रोशित

सम्बन्धित समाचार