सुदूरपश्चिम प्रदेशका कानुन मन्त्री सिंह सवार गाडी दुर्घटना, उद्धारका लागी सेनाको हेलिकप्टर पठाइयो

सुदूरपश्चिम प्रदेशका कानुन मन्त्री सिंह सवार गाडी दुर्घटना, उद्धारका लागी सेनाको हेलिकप्टर पठाइयो

धनगढी : सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वी बहादुर सिंह सवार गाडी दुर्घटनामा परेको छ । 

सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वी बहादुर सिंह सवार सुप प्र ०१००१ झ ४८० नम्बरको डडेल्धुरा बाट बझाङ चैनपुर आउने क्रममा बझाङको केदार सिंह गाउँपालिका १ नयाँ गाउँको धारछडा भन्ने ठाउँमा सडकबाट अन्दाजी ५० मिटर तल कालंगा खोला किनारमा खसेको हो । 

दुर्घटनामा परि मन्त्री सिंह सहित ५ जना घाइते भएका छन् । दुर्घटनामा परि मन्त्री सिहंकि श्रीमती अम्रिता देवी सिंह,चालक धर्मराज जोशी,पियसो डम्बर भण्डारी र मन्त्री सिंहकी आफन्त जानकी देवी सिंह दुर्घटना परि घाइते भएकी छन् । 

मन्त्री सिंह बेहोस छन् भने उहाँकी श्रीमतीको कान बाट रगत बगी रहेको प्रहरीले बताएको छ । 

घाइतेहरूको केदारस्युँ गाउँपालिका १ दाउरेस्थित ऋतु पोलिक्लिनिकमा उपचार भइरहेको छ भने बाँकी ४ जनाको रायल प्राथमिक स्वास्थ्य केन्द्र देउरामा उपचार भइरहेको छ । 

यस्तै, मन्त्री सिंह चढेको गाडी दुर्घटनाग्रस्त भएर गाडीमा सवार सबै गम्भीर घाइते भएको खबर आउने बित्तिकै सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर पठाइएको जनाइएको छ । 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

100%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार