पत्रकार महासंघ कैलाली शाखा र सुदूरपश्चिम प्रदेशद्वारा मन्त्री सिंहको निधनमा शोक व्यक्त

पत्रकार महासंघ कैलाली शाखा र सुदूरपश्चिम प्रदेशद्वारा मन्त्री सिंहको निधनमा शोक व्यक्त

धनगढी : नेपाल पत्रकार महासंघ कैलाली शाखा र सुदूरपश्चिम प्रदेश समितिले दुर्घटनामा परी मृत्यु भएका सुदूर पश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वी बहादुर सिंह, उनकी पत्नी र भाउजूको निधनमा दुःख व्यक्त गरेको छ । महासंघ प्रदेश समितिले मङ्गलवार र कैलाली जिल्ला शाखाले बुधवार शोक वक्तव्य जारी गर्दै दुःख व्यक्त गरेको हो । 

यस्तै, पत्रकार महासंघ कैलाली शाखा र सुदूरपश्चिम प्रदेश समितिले दिवङ्गत आत्माको चिर शान्तिको कामना 

 गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना समेत प्रकट गरेका छन् । 

मङ्गलवार सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वी बहादुर सिंह सहित तीन जनाको बझाङ जाने क्रममा गाडी दुर्घटनामा परेर मृत्यु भएको थियो ।  । 

पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशद्वारा जारी शोक बक्तव्यः

पत्रकार महासंघ कैलाली शाखाद्वारा जारी शोक विज्ञप्ति:

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार