सुदूरमा समस्याको पहाड मुनि मनोसामाजिक अपाङ्गता भएका व्यक्तिहरू, सान्त्वना समेत दिँदैन सरकार

सहयोग बिना सरकार पक्ष नै उद्धार गरेर गैर सरकारी क्षेत्रलाई सुम्पिन्छ मनोसामाजिक अपाङ्गता भएका व्यक्ति

सुदूरमा समस्याको पहाड मुनि मनोसामाजिक अपाङ्गता भएका व्यक्तिहरू, सान्त्वना समेत दिँदैन सरकार

धनगढी: धनगढीमा मनोसामाजिक अपाङ्गताका सवालमा सञ्चार कर्मीहरू सँग अन्तरक्रिया गरिएको छ ।  सुदूरपश्चिम प्रदेशमा मनोसामाजिक अपाङ्गताको  सवाल लाई उठान गराउनका लागी सञ्चारकर्मीहरू को भूमिकाका विषयमा रहेर उक्त छलफल गरिएको हो । 

उक्त अन्तरक्रियाका क्रममा सहभागी तथा अन्य वक्ताहरूले आ आआफ्नो क्षेत्रबाट विभिन्न महत्त्वपूर्ण कुराहरूको उठान र छलफल गरेका छन् । भने सोही क्रममा अपाङ्ग महासङ्घ सुदूरपश्चिम प्रदेश सचिव नन्दराज भट्टले मनोसामाजिक अपाङ्गताको समस्या र चुनौतीका विषयमा प्रकाश पार्दै सुदूरपश्चिम प्रदेशमा सरकारले नजर अन्दाज गरेको र उनीहरूको लागी बजेट नछुट्टाएको बताएका छन् । 

अहिले धनगढी उपमहानगर होस या सुदूरपश्चिम प्रदेश सरकार लेबलमा किन नहोस् जहाँ जुन क्षेत्रको सरकारी संयन्त्रले पनि सडकमा बेसहारा भएर भौँतारिरहेका र मनोसामाजिक अपाङ्गता भएका व्यक्तिहरू लाई भेटेर उद्धार गर्ने गरेको देखी सुनिन आए पनि व्यक्तिगत लगानीमा अथवा विभिन्न व्यक्तिहरू सहयोगी दाताहरूको सहयोग बाट कैलालीको बौनियामा बलबहादुर विष्टले सञ्चालनमा ल्याएको सहारा घरमा पुर्याईदीने गरेको तर त्यहाँ सरकारी स्तरबाट कुनै खालको बजेटको व्यवस्था अथवा अन्य कुनै पनि सहयोग गरेको देखिँदैन । अहिलेको समस्या भनेकै सरकारले अपाङ्गताको क्षेत्रमा बजेट नै पर्याप्त न छुट्ट्याउनु हो । सरकारी तवरबाट कुनै एक पुनर्स्थापना केन्द्र छैन कुनै लाज सरम नमानी एक जना व्यक्तिले फराकिलो मन बनाएर सक्ने सहयोग गरिरहेको व्यक्तिको हो यो काम भने जसरी जहाँबाट भए पनि मनोसामाजिक अपाङ्गता, अथवा अवरोध भएको व्यक्तिलाई सहारा घरमा पुर्‍याएर आउँछन् र सरकार पक्ष अभिभावकत्वबाट पन्छिन्छ। अझ त्यहाँ कुनै बजेट पनि छुट्टाउँदैनन् यो कहाँको न्याय सङ्गत हो ? 

यस्तै, भट्टले त्यति मात्रै नभएर सुदूरपश्चिम प्रदेशमा अपाङ्गता भएका व्यक्ति र त्यसमा पनि मनोसामाजिक  अपाङ्गता भएका व्यक्तिहरू का समस्या समाधानका निम्ति पहिचानमा समस्या, डिजिटल प्रोफाइल नभएको, बजेटको अभाव, सम्बन्धित व्यक्तिलाई राज्य स्तरबाट निःशुल्क प्राप्त हुने औषधिको अभाव, अपाङ्गता क्षेत्रमा विभिन्न सवालहरू सहित अध्ययन गर्न बनेको समितिको तीन वर्ष सम्म बैठक समेत बस्न नसक्नु, स्वास्थ्य बिमाको सेवा नहुनु, जनचेतना मूलक कार्यक्रम र मनोसामाजिक परामर्शदाताको अभाव, हिंसामा परेका मनोसामाजिक अवरोध भोगिरहेका महिलाहरूको लागी पुनर्स्थापना केन्द्र अथवा कुनै कार्यक्रम समेतको आयोजना नहुनु, सार्वजनिक तथा ठुला व्यापारिक केन्द्रहरूमा अपाङ्ग मैत्री शौचालयको अभाव, सामाजिक लालछना लगाउने प्रवृत्ति, अपाङ्ग र अपाङ्गताको गम्भीरताको अधारमा सेवा सुविधाहरू प्रवाह नहुनु, अपाङ्गता भएका व्यक्तिहरू लाई निर्वाचनमा मतदान गर्न मात्रै बोक्ने र अन्य बेला चासो नै नदिने प्रवृत्ति हाबी हुनु, योजना तर्जुमा गर्दा अपहेला गर्ने, विभिन्न सरकारी कार्यालयहरू बाट दिइने सेवाहरू झ्यालमा दिइने असहज सेवा सुविधा, हेल्प डेस्कको अभाव, धनगढी विमानस्थलबाहेक अन्य कुनै पनि निकायमा मापदण्ड अनुसारको र्‍याम्प नहुनु लगायता विभिन्न समस्याका कारण अपाङ्गता भएका व्यक्ति र मनोसामाजिक अपाङ्गतामा रहेका व्यक्तिहरू पुनर्स्थापना र पहिचान सम्म नहुन लगायतका अनेकौँ समस्या रहेको बताए ।  

त्यस्तै, अपाङ्गता भएका मध्ये पनि मनोसामाजिक अपाङ्गता भएका व्यक्तिहरू प्राय सामाजिक, भौतिक, राजनीतिक कानुनी र दृष्टिकोण जस्ता विभेदमा पर्ने गरेको राष्ट्रिय मानसिक स्वास्थ्य स्वावलम्बन सङ्गठन  (कोशिस) का कार्यक्रम संयोजक रबी लोचन पौडेलले बताए । यस्ता किसिमका अपाङ्गता भएका व्यक्तिहरूका लागि पैरवी समूह, साथी सङ्गी समूह गठन गरेको पौडेलले बताए । अपाङ्गता भएका व्यक्तिहरू समेटेर उनीहरू लाई सुसूचित गराउने, क्षमता विकास गर्ने र स्थानीय सरकार तथा प्रदेश सरकारको नीति नियम कार्यक्रममा उनीहरूका सवालहरूलाई पनि समावेश गर्नको लागि र राज्यले सुनिश्चित गरेका अधिकार प्राप्तिको कार्यमा कोशिसले सहयोग गरिरहेको उनले बताए ।

२०७८ सालको जनगणनामा अनुसार २।२ प्रतिशत अपाङ्गता भएका व्यक्तिहरू रहेका छन् । २०७८ सालको जनगणना अनुसार नेपाल भर ६ लाख ५४ हजार ७ सय ८२ जना अपाङ्गता भएका व्यक्तिहरू रहेका छन् ।  ती मध्ये सुदूरपश्चिममा ७० हजार ८ जना ,कैलाली जिल्लामा २२ हजार ६ सय ६३ जना र धनगढी उपमहानगर पालिकामा २ हजार १ सय २८ जना अपाङ्गता भएका व्यक्तिहरू रहेका छन् ।

मङ्गलवार कोशिश नेपालको आयोजना, पत्रकार महासङ्घ नेपाल सुदूरपश्चिम प्रदेश समितिको समन्वय र फेल्म नेपालको आर्थिक सहयोगमा सम्पन्न उक्त अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश पत्रकार महासंघका पूर्व अध्यक्ष अर्जुन शाह रहनुभएको थियो । भने सुदूरपश्चिम प्रदेश क्षेत्रमा सक्रिय रहेका पत्रकारहरूको सहभागिता रहेको कार्यक्रमको सञ्चालनको जिम्मेवारी कोशीश का परामर्शदाता पशुपति खातीले निभाएकी थिइन भने कोशिशकै परियोजना अधिकृत खडकराम ओड, कार्यक्रम संयोजक रवि लोचन पौडेलको र अपाङ्ग महासङ्घ सुदूरपश्चिम प्रदेश सचिव नन्दराज भट्टले प्रस्तुति करण गरेका थिए । 

यस्तै, मङ्गलवार नै मनोसामाजिक अपाङ्गताका सवालमा अपाङ्ग महासङ्घ सुदूरपश्चिम प्रदेश समिति सँग पनि कोशिशले अन्तरक्रिया गरेको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

100%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार