भकुन्डो-गोल सरकारतिर छ, बाढी कोशी प्रदेशमा आयो पुल यहाँ बगे : सोडारी

Dirgha Sodari

धनगढी : नेकपा एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता एवं पूर्व मन्त्री समेत रहेका नेता दीर्घ बहादुर सोडारीले प्रदेश सरकारको बजेट प्रति व्यापक असन्तुष्टि व्यक्त गर्दै कोशीमा बाढी आए पनि यहाँका पुल र सडक बगाएको कटाक्ष गरेका छन् । 

सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री नरेश बहादुर शाहीले आगामी आर्थिक वर्षको २०८०÷०८१ को लागि असार १ गते  २९ अर्ब २६ करोड ५९ लाख ३२ हजार को बजेट प्रस्तुत गरेको विषयलाई लिएर टिप्पणी गर्दै भने, 

मेरा त ठेक्का लगाएका पुल नै कति उडे थाहा छैन, बाढी उता एक नम्बर कोशी प्रदेशमा आयो पुल हाम्रा बगेर गए, सडक भत्केर गए ।सत्तारुढ राजनीतिक दलका नेताहरूलाई सोधपुछ गरे हामी सुझाव दिउँला, अस्ति बजेट बनाउँदा यसो यसो गरौँ भनेर सल्लाह दियौँ तर आफ्नो मनलाग्दी गरे, अब पनि आफ्नै काम गर्छन् की मिलाउँछन् भकुन्डो, गोल सरकारतिर छ हामी तिर छैन ।

बजेटप्रति सत्तारुढ एकीकृत समाजवादी मात्रै नभएर माअ‍ेवादी, नागरिक उन्मुक्तीपनि रुष्ट छ । बजेट वक्तव्य लगत्तै बजेटको समर्थन जनाएको सत्तापक्ष रातो किताबमा आफ्ना योजना नसमेटिएपछि रुष्ट बनेको हो । 

बजेट प्रस्तुतपछि त्यसमाथि प्रदेशसभामा छलफल सुरु हुनुपर्ने हो, तर करिब दुई सातासम्म बजेटमाथिको छलफल सुरु हुन सकेको छैन ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार