आज राष्ट्रिय धान दिवस: दही–चिउरा खाने दिन, कैलालीमा २२ प्रतिशत रोपाइँ

‘अनुकूलित कृषक मैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’

आज असार १५, दही–चिउरा खाने दिन

आज असार १५ अर्थात् मानो रोपेर मुरी उब्जाउने महिनाको मध्य दिन । नेपालभर राष्ट्रिय धान दिवस मनाइन्छ । यस वर्ष शुक्रबार परेको राष्ट्रिय धान दिवस मुलुकभर रोपाइँ गरेरै मनाइँदै छ ।

नेपालले २०६२ सालदेखि असार १५ लाई धान दिवसका रुपमा मनाउँदै आएको छ । असार १५ लाई नेपाली समाजमा दही च्यूरा खाने पर्वको रुपमा पनि लिइन्छ । खेतीपाती बाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही च्यूरा खाई असार १५ मनाउने गर्दछन् ।

आजको दिन किसानले शक्ति प्राप्तिका लागि दही च्यूरा खाने प्रचलन रहेको बताइन्छ । यसबेला दही च्यूराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ ।

यो वर्ष जलवायु ‘अनुकूलित कृषक मैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ भन्ने मूल नाराका साथ २०औँ राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव २०८० मनाउन लागिएको छ ।

यसैबीच सुदूरपश्चिमका राजधानी तथा प्रदेशकै सबैभन्दा बढी धान खेती हुने कैलाली जिल्लामा २२ प्रतिशत रोपाइँ भएको छ । कृषि ज्ञान केन्द्र धनगढीका प्रमुख खगेन्द्र प्रसाद शर्माका अनुसार यहाँ हालसम्म २२ प्रतिशत मात्रै रोपाइ भएको हो ।

कैलालीको अधिकांश जमिनमा सिँचाई सुविधा नभएको बताउँदै उनले मनसुन पनि ढिला प्रवेश गरेकोले कम रोपाइ भएको र जिल्लाको भजनी, जोशीपुर र कैलारी गाउँपालिका क्षेत्रमा बढी रोपाइ भएको उनको भनाइ छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार