धनगढीमा १०१औँ अन्तर्राष्ट्रिय सहकारी दिवस, ९ सहकारी सम्मानित, कसले के भने ? 

'दिगो विकासका लागी सहकारी'

सुदूरपश्चिमका सहकारी राम्रा छन्, कर्णाली पारी दर्ता भई आएका शिवशिखर जस्ता सहकारीले सहकारीहरूको बदनाम गरे

धनगढी: धनगढीमा १०१ औँ अन्तर्राष्ट्रिय सहकारी दिवस २०२३ मनाइएको छ । ‘दिगो विकासका लागी सहकारी’ नारा सहित शनिवार सुदूरपश्चिम प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तरगतको सहकारी रजिष्टार तथा प्रशिक्षण कार्यालय धनगढी, कैलालीको आयोजनामा उक्त दिवस मनाइएको हो । 

उक्त कार्यक्रममा सुदूरपश्चिम प्रदेश भरी सञ्चालनमा रहेका विभिन्न सहकारी संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । 

सुदूरपश्चिम प्रदेशमा सञ्चालित २७ वटै सहकारीहरूलाई क्रमशः १,२,३ गरी श्रेणी छुट्टाएर सम्मान गर्नुपर्ने, अभिभावक विहीन सहकारी लाई प्रविधि सँग जोड्न राज्य पक्षले विभिन्न सिपमूलक तालिमहरू, वित्तीय साक्षरता, वित्तीय व्यवस्थापन, ऋण व्यवस्थापन र सेयर सदस्यहरूलाई पनि आफ्नो जिम्मेवारी बोध हुने गरी समय/समयमा प्रशिक्षण दिनुपर्ने, विदेश पलायन भइरहेका युवाहरूलाई स्वदेहमै रोकी रोजगार र स्वरोजगार बनाउनका निम्ति भूमिका खेल्नुपर्ने, कोल्ड स्टोरहरू, पाउडर दूध उत्पादन गर्ने प्लान्ट, सफ्टओयर निर्माण, उत्पादित बस्तुहरूको बजार को व्यवस्थापनमा समेत सरकार पक्षले सहकारीहरूलाई सहयोग गर्नु पर्ने र सहकारीहरूले पनि नियम कानुनको पूर्ण पालना गर्नु पर्ने विषयहरू सभागीहरुले उठाउँदै पूर्वबाट पश्चिम विस्तार भएको शिवशिखर सहकारीले सुदूरपश्चिमका सहकारीहरू पनि उस्तै हुन की भन्ने चुनौती सिर्जना गरेको प्रति आपत्ति जनाएका थिए । 

यस्तै,  १०१औँ अन्तर्राष्ट्रिय सहकारी दिवसको विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रिय सहकारी बैङ्कको सुदूरपश्चिम प्रदेश सञ्चालक शिवा थापाले पनि सहकारीहरूले आफ्नो नीति, नियम र सिद्धान्तमा रहेका कार्य सम्पादन गर्नु पर्ने र त्यसका लागी मन्त्रालयले सबै सहकारीहरूलाई निगरानीमा राख्नुपर्ने बताउँदै पश्चिमका सहकारी भन्दा पूर्वतिरका सहकारीहरू बदनाम रहेको उल्लेख गरिन् ।

“पश्चिमका सहकारीले कुनै पनि त्यस्तो ठगी गरेको देखिएको छैन । पूर्व कता कता दर्ता भएर आफ्ना शाखा पश्चिममा बेचेर यहाँका लगानी कर्ताको पैसा अपचलन गरेर शिवशिखर जस्ता सहकारीले अन्य राम्ररी काम गरिरहेका सहकारीहरूलाई समेत बदनाम गरिराखेका छन् । यस्तो अवस्था आउन नदिनका निम्ति मन्त्रालय अझै चनाखा भएर प्रत्यक्ष निगरानीमा खरो उत्रिनु पर्छ । “

थापाले सुदूरपश्चिम स्वरोजगार कोषको बजेट पनि उचित ठाउँमा खर्च गरिनु पर्ने, सहकारीहरूको डाटा इन्ट्री गर्दा मन्त्रालय स्तरबाट नै चाँडो हुने गरी गरिनु पर्ने, सबैको भन्दा बढी राजश्व तिर्ने सहकारी भएकोले राज्यले सहकारीहरू सँग सहकार्य भूमिका खेल्नु पर्ने आग्रह गर्दै सहकारीहरू जुन उद्देश्यले दर्ता भएका छन् कार्य गर्न र सोही अनुसारको क्षेत्रमा कर्जा लगानी गर्न अनुरोध गरिन् । 

त्यस्तै, सुदूरपश्चिम प्रदेशकी प्रदेश सभा सदस्य एवं जिल्ला सहकारी संघकी सञ्चालक तुलसा देवकोटाले आफूहरूले नीतिगत सुधार गर्नको निम्ति जिम्मेवार ढंगलले लागेको र ३६६ वडा सहकारीहरू सञ्चालनमा रहेकोले व्यवस्थापनमा चुनौती सिर्जना हुन लागेको बताउँदै शिवशिखरकै कारण सहकारीबाट लगानी कर्ताहरूले लगानी फिर्ता माग्न लागेको प्रति दुःख व्यक्त गर्दै सहकारीहरूलाई आवश्यकताको तालीम दिलाउने व्यवस्था मिलाउन पहल गर्ने बताइन् ।

“अव सहकारीको सवालमा पनि स्थानीय तहहरू जिम्मेवार हुनु पर्ने आवश्यकता आएको छ । उत्कृष्ट सहकारी सञ्चालन भएको स्थानहरूमा भ्रमणको व्यवस्था गर्न पहल गर्नु पर्ने देखिन्छ स्थानीय तहहरू जिम्मेवार बनौँ र युवा स्वरोजगारको काम कारबाही के हो उक्त सयन्त्रलाइृ पनि परिचालन गर्ने गरी तयारी थालिएको जानकारी गराउन् छु ।”

देवकोटाले भनिन् । 

यस्तै, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय सुदूरपश्चिम प्रदेशका सचिव डा. मदन सिंह धामीले सरकारले सहकारीहरू सँग विभिन्न विषयहरूमा सहकार्य गर्दै रोजगार, स्वरोजगार सहितको समृद्ध अर्थतन्त्र बनाउन विभिन्न कार्यक्रमहरू ल्याएको र अहिले सम्मको स्थिति हेर्दा मल को व्यवस्थापन र बिउँ जिनका क्षेत्रमा जिम्मेवारी पाएका सहकारीहरूले यमान्दारीताका साथ जिम्मेवारी निभाउन नसक्दा समस्या सिर्जना भएको उल्लेख गर्दै आफ्नो जिम्मेवारी नतिजा मुखी र स्पष्ट मार्गदर्शन हुने गरी गर्न आग्रह गर्दै स्वरोजगार कार्यक्रम कार्यान्वयन भइसकेको र कति आवेदन पनि आएको र नदिएकाहरूले आवेदन पनि दीन आग्रह गरे ।

“सहकारीहरूमा देखा परेका हरेक कमी कमजोरीहरू सुधार्नका लागी सबै जागरूक हुन जरुरी छ । सरकारले विषयगत निजी तथा सहकारीहरूको सँगको सहकार्यमा  कुनै पनि कृषि जन्य उत्पादनको निम्ति औजार र बजारीकरणको लागी पनि सहयोग गर्ने नीति लिएको सबैलाई आग्रह गर्दछु ।” 

  • सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लाका नौ सहकारी सम्मानीतः 

आजै आयोजित उक्त कार्यक्रममा जिल्लाभरिमा राम्रो कार्यसम्पादन गर्ने ९ ओटा सहकारी सम्मानित भएका छन् । उनीहरूले गरेको कार्यसम्पादन र दर्ता भए अनुरूपको विषयगत अभ्यासको प्रयासको कदर गर्दै उक्त सम्मान प्रदान गरिएको हो ।

उक्त सम्मान प्राप्त गर्न सफल भएका छन्, क्रमशः विश्व ज्योति महिला विकास बहुउद्देश्यीय सहकारी संस्था ली. गोदावरी न.पा ५ कैलाली, श्री माहेना लाल झाडी ऋण सहकारी संस्था पुनरवास, कञ्चनपुर, श्री शिखर समै जी सहकारी संस्था अजय मेरु डडेलधुरा, लक्ष्मी सहकारी संस्था जोरायल डोटी, चेतना महिला सहकारी संस्था लि. पञ्च देवल विनायक अछाम, त्रिवेणी सहकारी संस्था ली. बडी मालिका बाजुरा, खप्तड शैपाल बहुउद्देश्यीय सहकारी संस्था ली. खप्तड शैपाल बझाङ, जय महाकाली सहकारी संस्था ली पञ्चेश्वर बैतडी र श्री दमरमान बचत तथा ऋण सहकारी संस्था ली दार्चुला रहेका छन् । 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार