सुदूरपश्चिममा क्रान्तिकारी कम्युनिस्ट पार्टीको नयाँ नेतृत्व चयन

सुदूरपश्चिम प्रदेशमा मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले प्रदेश सङ्गठन समितिको नयाँ नेतृत्व चयन गरेको छ ।

धनगढी : सुदूरपश्चिम प्रदेशमा मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले प्रदेश सङ्गठन समितिको नयाँ नेतृत्व चयन गरेको छ । कैलालीको धनगढीमा दुई दिन सम्म सञ्चालन भएको प्रदेश स्तरीय एकता अधिवेशन, प्रशिक्षण तथा बैठकले नयाँ नेतृत्व चयन गरेको हो । 

केन्द्रीय सचिवालय सदस्य महानको संयोजकत्वमा ९९  सदस्सीय प्रदेश सङ्गठन समिति गठन गरेको केन्द्रीय सदस्य तथा कैलाली संयोजक प्रकाश रावलले जानकारी दिए । उनका अनुसार प्रदेश सङ्गठन समितिको सह (  संयोजकमा केन्द्रीय सचिवालय सदस्य द्वय राम बहादुर केसी (डायमन्ड) र इन्चार्ज गुणराज लोहनी रहेका छन् । 

पार्टीको उक्त अधिवेशनले ५ सदस्सीय प्रदेश कार्यालय, केन्द्रीय महाधिवेशन आयोजक समितिका २७ जना सदस्य सम्मिलित प्रदेश सचिवालय समेत गठन गरेको पनि उनले बताए । 

त्यस्तै प्रदेश अन्तरगतका जिल्लाहरूका इन्चार्ज, संयोजक र सहसंयोजक,जन वर्गीय सङ्गठन र विभागहरूको बैठक बाट टुङ्गो लगाइएको क्रान्तिकारी कम्युनिस्ट पार्टी प्रदेश सङ्गठन समितिले जनाएको छ । 

तत्कालीन नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत) बिचको एकतालाई प्रदेश स्तरमा एकता अधिवेशन मार्फत पूर्णता दिइएको सो पार्टीले जनाएको छ । 

कार्यक्रममा पार्टीका कार्यालय सदस्य तथा पार्टी प्रवक्ता कञ्चन, कार्यालय सदस्य राजवीर लगायतले प्रशिक्षण तथा निर्देशनात्मक भनाई राखेका थिए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार