बुधवार धनगढीमा आयोजना हुने ‘५ किमी रोड रेस’ को तयारी पुरा 

बुधवार धनगढीमा आयोजना हुने ‘५ किमी रोड रेस’ को तयारी पुरा 

धनगढी : जननेता मदन भण्डारीको ७२ औँ जन्म जयन्तीको अवसरमा कैलालीमा ‘५ किमी रोड रेस’ हुने भएको छ ।

बुधबार नेपाल खेलकुद महासंघ सुदूरपश्चिम प्रदेश कमिटीको आयोजनामा हुन लागेको मदन भण्डारी ‘५किमी रोड रेस’ को सम्पूर्ण तयारी पुरा भइसकेको नेपाल खेलकुद महासंघ सुदूरपश्चिम प्रदेश अध्यक्ष प्रकाश चन्दले जानकारी दिए ।

उनका अनुसार प्रतियोगितामा महिला र पुरुष गरि ४ सय भन्दा बढि बिद्यार्थीहरुको सहभागिता रहने छ । यस प्रतियोगितामा सहभागी हुन सुदूरपश्चिम प्रदेशका बिभिन्न जिल्लाका विद्यालयबाट विद्यार्थीहरू उपस्थित हुँदै छन् ।

धनगढी चौराहा देखी बोराडाडीस्थित फाप्ला चोक सम्म र त्यहाँबाट पुन धनगढी चौराहा सम्मको ५ किमी दौड बुधबार बिहान ६ बजे सुरु हुने अध्यक्ष चन्दले जानकारी दिए ।

प्रतियोगिताका विजेता छात्र र छात्रा दुबैलाई प्रथमलाई १०÷१० हजार, दितियलाई ७÷७ हजार, तृतीयलाई ५÷५ हजार , चौथो पाँचौँ र छैटौँले क्रमशः ३ हजार देखी १ हजार सम्म पाउने छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

सम्बन्धित समाचार