विश्वकप छनोटका लागी भएका ६ खेल मध्ये नेपाल २ मा विजयी ४ पराजय

विश्वकप छनोटका लागी भएका ६ खेल मध्ये नेपाल २ मा विजयी ४ पराजय

काठमाडौँ : नेपाल एक दिवसीय विश्वकप छनोटअन्तर्गत सातौँ स्थानका लागि भएको खेलमा आयरल्यान्डसँग पराजित भएको छ। मंगलबार सम्पन्न खेलमा नेपाल आयरल्यान्डसँग २ विकेटले पराजित भएको हो।

आयरल्यान्डसँग पराजित भएसँगै १० टोली सम्मिलित प्रतियोगिता नेपालले आठौँ स्थानमा रहेर समाप्त गरेको छ। नेपालले प्रतियोगिताको समूह चरणमा अमेरिकालाई ६ विकेटले पराजित गरेको थियो। यस्तै, ‘प्लेअफ’मा यूएईलाई ३ विकेटले पराजित गर्‍यो।

नेपाल समूह चरणमा जिम्बावेसँग ८ र नेदरल्यान्ड्ससँग ७ विकेटले पराजित भयो। दुई पटक एक दिवसीय विश्वकप जितिसकेको वेस्ट इन्डिजसँग भने १०१ रनको फराकिलो हार बेहोर्‍यो। मंगलबार नेपालले दिएको २६९ रनको लक्ष्य आयरल्यान्डले ४ बल बाँकी छँदै ८ विकेट गुमाएर पूरा गर्‍यो।

आयरल्यान्डका ह्यारी ट्याक्टरले सर्वाधिक ६० रन बनाए। उनले ७६ बलमा ४ चौका र २ छक्का प्रहार गरे। कर्टिस काम्पर ६२, जर्ज डकरेल ३३, लोर्कन टकर २४, मार्क एडेयर १८, एन्डी म्याकब्राइन १७ र  पल स्टर्लिंग १५ रनमा आउट भए। गारेथ डेलानी १६ र ब्यारी म्याकार्थी ४ रनमा अविजित रहे।

नेपालका करण केसीले सर्वाधिक ४ विकेट लिए। किशोर महतोले २ विकेट लिँदा गुलशन झा र सन्दीप लामिछानेको नाममा १/१ विकेट रह्यो।

त्यसअघि ताकासिंगा स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २६८ रन बनाएको थियो।

नेपालका गुलशन झाले सर्वाधिक ५७ रन बनाए। उनले ४२ बलमा ४ चौका र ३ छक्का प्रहार गरे। यस्तै, ओपनर अर्जुन साउद ४८, कुशल मल्ल ४४, सन्दीप लामिछाने ३२, रोहितकुमार पौडेल २९ र भीम सार्की २० रनमा आउट भए। नेपालका अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन्।

आयरल्यान्डका मार्क एडेयर, ब्यारी म्याकार्थी र क्रेग योङ्ले २/२ विकेट लिए। कर्टिस काम्पर, गारेथ डेलानी र एन्डी म्याकब्राइनको नाममा १/१ विकेट रह्यो।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार