प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहालको निधन, को हुन् सीता ?

प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहालको निधन, को हुन् सीता ?

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको आज बिहान बिहान ८ः३३ बजे नर्भिक अस्पतालमा निधन भएको छ ।

‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पीएसपी) बाट पीडित दाहाल लामो समयदेखि बिरामी थिइन् । 

स्वास्थ्य अवस्था गम्भीर भएपछि आज बिहान ८ बजे अस्पताल लगेर आकस्मिक कक्षमा उपचार गरिएको थियो । तर सुधार नभएपछि उनलाई मृत घोषणा गरिएको अस्पतालले जानकारी गराएको छ । अहिले भने उनलाई हृदयाघात भएको थियो ।

  • को हुन् सीता ?

विसं २०११ असार २१ गते कास्कीको हेम्जामा आमा हरिकला पौडेल र बुवा महेश्वर पौडेलको कोखबाट जन्मिएकी सीताको २०२६ सालमा  नेकपा (माओवादी केन्द्र)ले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग विवाह भएको थियो ।

विसं २०२८ देखि नै कम्युनिस्ट आन्दोलनमा आबद्ध उनी जिल्ला, क्षेत्र र केन्द्रका विभिन्न जिम्मेवारीमा रहँदै हाल माओवादी केन्द्रको सल्लाहकार थिइन्। 

पार्टीको कामका लागि पञ्चायतकलामा लामो समय भूमिगत जीवन बिताएकी दाहाल देशमा जनयुद्ध सुरुआत भएपछि २०५२ सालदेखि भूमिगत राजनीतिमा सक्रिय रूपमा सहभागी भएकी थिइन् ।

जनयुद्धका समयमा सिङ्गो पार्टीको अभिभावकका रूपमा उनले पार्टीभित्रका चुनौती, सङ्कट, विवाद समाधानका निम्ति समन्वयकारी भूमिका निर्वाह गरेकी थिइन् । पछिल्लो समय उनी पार्किन्सन लगायत रोगबाट पीडित भएकी थिइन् । 

चितवनको भरतपुर महानगरपालिका–१४ स्थायी ठेगाना भएकी दाहालका चार सन्तानमध्ये जेठी छोरी ज्ञानुको क्यान्सर र छोरा प्रकाशको हृदयाघातका कारण निधन भइसकेको छ । 

छोरी रेणु र गङ्गा राजनीतिमै सक्रिय छन् । 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

100%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार