स्वतन्त्र सांसद र एमालेको अनुपस्थिति तथा राप्रपाको सहभागितामा सुदूरपश्चिम प्रदेशको बजेट पारित

स्वतन्त्र सांसद र एमालेको अनुपस्थिति तथा राप्रपाको सहभागितामा सुदूरपश्चिम प्रदेशको बजेट पारित

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागी व्यवस्था गर्न सभामा प्रस्तुत गरेको बजेट पारित भएको छ । शनिवार राति स्वतन्त्र सांसद र एमालेको अनुपस्थिति तथा राप्रपाको सहभागितामा सुदूरपश्चिम प्रदेश सभाबाट आगामी आर्थिक वर्ष २०८०/०८१ को लागी तयार पारेको बजेट पारित गरिएको हो । 

आर्थिक मामिला मन्त्री नरेश कुमार शाहीले सभामा प्रस्तुत गरेको बजेटमा सत्तापक्ष दल काँग्रेस, नेकपा एस र माओवादी गरी पक्षमा ३९ सांसद र प्रतिपक्ष दल राप्रपा का १ जना साँँसद बजेटको  विपक्षमा देखिए भने एक जना स्वतन्त्र सांसद र प्रतिपक्ष दल नेकपा एमाले सांसद सभामा अनुपस्थित देखिएका छन् । 

यस अघि प्रतिपक्ष बैठकमा सहभागी नहुने जानकारी गराउँदै स्वतन्त्र प्रदेश सभा सदस्य डा. तारा जोशीले ३ बजे सांसदहरूलाई हलमा बसाएर सत्तापक्षका दलहरू बार्गेनिङमा लागेको समेत आरोप लगाउँदै बजेटको विरोध जनाई सकेका थिए । 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार