साउन ८–१० गते प्रधानमन्त्री प्रचण्ड इटालीमा रहने

साउन ८–१० गते प्रधानमन्त्री प्रचण्ड इटालीमा रहने

काठमाडौँ : प्रधानमन्त्री प्रचण्ड इटालीको रोममा २४ देखि २६ जुलाई (साउन ८–१०) सम्म हुने संयुक्त राष्ट्रसंघीय खाद्य प्रणाली शिखर सम्मेलनमा सहभागी हुन शनिबार त्यसतर्फ प्रस्थान गर्ने भएका छन् । 

मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले यससम्बन्धी निर्णय गरेसँगै परराष्ट्र मन्त्रालयले भ्रमणबारे थप जानकारी गराएको छ । 

मन्त्रालयका अनुसार  प्रधानमन्त्रीको साथमा उनकी छोरी गंगा दाहाल, कृषि तथा पशुपन्छी विकास मन्त्री डा बेदुराम भुसाल, राष्ट्रिय योजना आयोगका सदस्य डा जयकान्त राउत र नेपाल सरकारका अन्य वरिष्ठ अधिकारीहरू भ्रमण टोलीमा सहभागी हुनेछन् । 

प्रधानमन्त्रीले २४ जुलाईमा सम्मेलनको आधिकारिक उद्घाटन सत्रलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । 

कार्यक्रमको क्रममा प्रधानमन्त्रीले खाद्य तथा कृषि सङ्गठन (एफएओ)का महानिर्देशक, विश्व खाद्य कार्यक्रमका कार्यकारी निर्देशक, कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोषका अध्यक्ष (डब्लुएफपी)लगायत  उच्च तहका विशिष्ट व्यक्तिहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । 

यो बीचमा प्रधानमन्त्री गैरआवासीय नेपाली संघ, इटालीले आयोजना गर्ने कार्यक्रममा पनि सहभागी हुने तय भएको छ । सो क्रममा उनले इटालीमा रहेका नेपाली समुदायसँग अन्तरक्रिया गर्नेछन् । 

प्रधानमन्त्री इटाली भ्रमण सकेर साउन १२ गते स्वदेश फर्किनेछन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार