कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्रीद्वयमाथि कटाक्ष

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्रीद्वयमाथि कटाक्ष

काठमाडौं : करिब एक वर्षपछि बसेको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक मंगलबारदेखि पार्टी मुख्यालय सानेपामा जारी छ। मंगलबार प्रस्तुत भएका अजेन्डा र प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले बुधबारदेखि धारणा राख्न सुरु गरेका छन्।

बुधबार बोल्ने अधिकांश केन्द्रीय सदस्यहरुले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मामाथि कटाक्ष गरे। सँगसँगै सभापति शेरबहादुर देउवाको बचाउ पनि गरे।

‘दोष जति सभापतिलाई थुपारेर पन्छिन मिल्दैन’
कांग्रेस केन्द्रीय सदस्य गोविन्द शाहले दोष जति सबै सभापतिलाई थुपारेको भन्दै आक्रोश व्यक्त गरे। उनले निर्णय प्रक्रियामा कांग्रेस पदाधिकारी र कार्यसम्पादन समिति समेत रहेको उल्लेख गर्दै देउवाको बचाउ गरे।

उनले भने, ‘संगठनलाई चुस्तदुरुस्त बनाउनेभन्दा पनि अनिर्णयको बन्दी बनाउने कुरामा खाली सभापतिलाई मात्रै दोष दिने? दोष दिएर मुक्त हुँदैनौँ। यसको जिम्मेवारी पदाधिकारी र कार्यसम्पादन समितिले लिनुपर्छ। काम कर्तव्यप्रति हेक्का राखौँ।’

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार