बरामद सुन परीक्षणका लागि लगियो टक्सार महाशाखा

बरामद सुन परीक्षणका लागि लगियो टक्सार महाशाखा

बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरबाट बरामद भएको करिब एक सय केजी सुनको गुणस्तर नाँपजाँच गर्नका लागि टक्सार महाशाखा ल्याइएको छ। 

भुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार जाँचपास भएर बाहिरिसकेपछि उक्त सुन टक्सार महाशाखा लगिएको हो। 

उक्त सुन परीक्षणका लागि बबरमहलस्थित राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागअन्तर्गतको टक्सार महाशाखामा ल्याइएको हो।

बुधबार विमानस्थल भन्सार जाँचपास भएर ट्याक्सीमा लाँदै गरेको अवस्थामा बरमाद गरिसकेपछि राजस्व अनुसन्धान विभागले गुणस्तर जाँच र तौलका लागि बालुवाटारस्थित नेपाल राष्ट्र बैंकबाट पठाएको थियो।

तर राष्ट्र बैंकले उक्त सुनलाई फेरि त्रिभुवन विमानस्थल भन्सार कार्यालयमै फर्काएको थियो।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार