पन्ताली देखि कालापानी सम्मका ८०० घर पहिरोको उच्च जोखिममा

पन्ताली देखि कालापानी सम्मका ८०० घर पहिरोको उच्च जोखिममा

बाजुरा : त्रिवेणी नगरपालिका वडा ८ को पन्ताली देखि कालापानी सम्मका करिब ८०० घर बस्ती पहिरोको उच्च जोखिममा रहेका छन् ।
गुईगाड खोलाको बर्षातको बेग संगै थुनिएर बुढीगंगा नदिमा पानीको वाहक बढ्दै जादा बर्षौ देखी नदि कटानले पन्ताली, मलालगाउँ , ढडाली, गिरीवाडा, बमबाडा, कालापानीको गाउँहरू तल बाट नदिले कटान गर्दै गए पछि त्यस ठाउँमा बसोबास गर्ने १८०० सय भन्दा बढी घर परिवारहरू पहिरोको उच्च जोखिममा परेका छन् ।

यी गाउँ, बस्ती विगत केहि वर्ष देखि पहिरोको उच्च जोखिममा पर्दै गएको वडा नं. ८ अध्यक्ष गगनजंग बुढाले बताए । उनले भन्ने पन्ताली, देखी गिरीबाडा, कालापानीको बम बाडा देखि तलको भागमा बसोबास गर्ने स्थानीय बासिहरू पहिरोको उच्च जोखिममा रहेका बताए ।

यता पहिरोको उच्च जोखिममा रहेको तिलक रावलले भने विगत वर्ष देखि आफूहरू जस्तै धेरै परिवार लाई घरको तल बाट बुढीगंगा नदिको कटानले गर्दा पूरै घर भासिएका छन् । घर भासिए पछि वर्षातको समयमा घर छोडेर अन्यत्र जानु पर्ने अवस्था छ । बालबालिका बुढाबुढी गर्भवती महिलाहरू लाई झन समस्या हुने गरेको रावल बताए । पहिरोको उच्च जोखिमले गर्दा समस्य भई रहंदा संघ प्रदेश सरकार र सम्बन्धित कार्यालय सरोकारवालाहरू मौन रहेको उनको भनाई रहेको छ । यसका लागी पहल गरिदिन सबै पक्ष संग आग्रह समेत गर्नुभएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार