भारत र चीनका नेताको नेपाल भ्रमण बाक्लिँदै

भारत र चीनका नेताको नेपाल भ्रमण बाक्लिँदै

काठमाडौं : पछिल्लो समय दुई छिमेकी भारत र चीनका नेताको नेपाल भ्रमण बाक्लिँदै गएको छ । भारत र चीनका नेताको नेपाल भ्रमण बाक्लिनुका साथै सम्बन्ध विस्तारका लागि भन्दै नेपालका नेताको समेत छिमेकी मुलुकको भ्रमणमा बढ्दै गइरहेको छ ।

आइतबार चीनका नेता काठमाडौं आए । आइतबार नै नेपालका केही नेता नयाँ दिल्ली पुगेका छन् । चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय कमिटीका राजनीतिक ब्युरो सदस्य युआन च्या च्युन नेतृत्वको एक टोली तीनदिने शिष्टाचार नेपाल भ्रमणका लागि काठमाडौं आएको हो ।

अर्कातर्फ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का उपाध्यक्ष पम्फा भुसाल नेतृत्वको एक टोली भारत भ्रमणका लागि नयाँ दिल्ली पुगेको छ । भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष जेपी नड्डाको निमन्त्रणमा ६ दिने भारत भ्रमणमा भुसालको टोली दिल्ली पुगेको छ ।

भाजपा विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेका अनुसार भुसाल नेतृत्वको टोली ‘भाजपा चिन्नुहोस्’ कार्यक्रममा सहभागी हुनुका साथै उतराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामी एवं भाजपाका अन्य नेतासँग समेत शिष्टाचार भेटघाट हुनेछ ।

नयाँदिल्ली भ्रमणमा रहेको टोलीमा माओवादी केन्द्रकी उपाध्यक्ष भुसालका साथै सचिव चक्रपाणि खनाल, स्थायी कमिटी सदस्य सत्या पहाडी, केन्द्रीय सदस्य रामेश्वर राय यादव र सुरेशकुमार राई रहेका छन् । यसअघि भाजपा नेताहरूले नेपाल भ्रमण गरिसकेका छन् ।

दिल्ली प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपाध्यक्ष भुसालले भ्रमण दुई पार्टीबिचको सम्बन्ध सुदृढ बनाउन केन्द्रित हुने बताइन् । ‘मुख्यतः भाजपा र हाम्रो पार्टीगत सम्बन्धलाई सृदृढ पार्ने कुरा हो’ भुसालले भनिन्, ‘हामी सबैतिर सुमधुर सम्बन्धमा छौं । चिनियाँ कम्युनिस्ट पार्टीसँग भाइचारा सम्बन्ध र भाजपासँग मैत्री सम्बन्ध हो ।’ उनका अनुसार छ दिने भ्रमणमा भाजपाको केन्द्रीय नेतृत्वसँग अन्तत्र्रिmया र छलफल गर्ने कार्यक्रम छ ।

केही समयअघि मात्रै माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटा नेतृत्वको एक जम्बो टोली चीन भ्रमण गरेको थियो ।

नेपाल भ्रमणमा आएको चिनियाँ टोलीले आइतबार नै राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटघाट गर्नुका साथै आइतबार नै इटाली भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भर्चुअल माध्यमबाट संवाद गरेको छ । -राजधानी दैनिकबाट

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार