इटाली पुगेर प्रधानमन्त्री प्रचण्डले भने, ‘ बेथिति र भ्रष्टाचारविरुद्ध कडा कदम चालेका छौँ’

इटाली पुगेर प्रधानमन्त्री प्रचण्डले भने, ' बेथिति र भ्रष्टाचारविरुद्ध कडा कदम चालेका छौँ'

इटाली पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले बेथिति र भ्रष्टाचारविरुद्ध सरकारले कडा चालेको बताएका छन्। 

गैरआवासीय नेपाली संघ इटालीद्वारा प्रधानमन्त्रीको स्वागत तथा सम्मानमा आज इटालीको रोममा आयोजित कार्यक्रममा प्रचण्डले सामाजिक न्याय, सुशासन, विकास निर्माण र समृद्धिको पक्षमा नयाँ अभियान सञ्चालन गरेको बताएका हुन्। 

आफ्नो नेतृत्वमा वर्तमान सरकार गठन भएलगत्तै बेथितिको नियन्त्रण, सेवा प्रवाहमा सहजीकरण र नागरिकको जीवनस्तरमा आमूल परिवर्तन ल्याउन महत्त्वपूर्ण कामको थालनी गरिएको बताए। 

जनताले लामो समयदेखि सास्ती बेहोर्दै आएको राहदानी तथा सवारी चालक अनुमतिपत्र प्राप्तिमा सहजीकरण गरिएको जानकारी दिँदै उनले अर्थतन्त्रमा देखिएको डरलाग्दो अवस्थालाई सही ट्र्याकमा ल्याइएको बताए। 

‘सामाजिक सुरक्षा कोषमा बढीभन्दा बढी श्रमिकलाई आबद्ध गर्ने, अझ विदेशमा बस्ने श्रमिकलाई कोषमा जोड्ने काम गरेका छौँ’, प्रधानमन्त्री दाहालले भने, ‘सामाजिक सेवा तथा जनतालाई प्रत्यक्ष राहत दिनेबाट सरकारले कामको थालनी गरेको छ।’

नक्कली भुटानी शरणार्थी प्रकरणमा राष्ट्रहितविपरीत र संगठित अपराधका रूपमा काम भएको देखिएकाले सरकारले उक्त कदम चालेको बताए। 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार