नागरिक उन्मुक्ति सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुन सहमत

नागरिक उन्मुक्ति पार्टी

धनगढी‍ः लोमो छलफल र बार्गेनिङ्ग पछि अन्ततः कैलालीमा केन्द्रिय कार्यलय रहेको नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुन सहमत भएको छ।

नेपाली कांग्रेसको नेतृत्वमा गठन भएको सरकारलाई विश्वासको मत दिएको नागरिक उन्मुक्ति पार्टी सरकार गठनको झण्डै ७ महिनापछि सरकारमा जाने सहमती जनाएको हो।

मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को रोहबरमा बालुवाटारमा बसेको मुख्यमन्त्री कमलबहादुर शाह र नागरिक उन्मुक्ति पार्टीबीचको छलफलपछि नागरिक उन्मुक्ति सरकारमा जान सहमत भएको हो।

छलफलपछि प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवाले उन्मुक्ति पार्टी एकमन्त्री र राज्यमन्त्रीसहित प्रदेश सरकारमा सहभागी हुने जानकारी दिए। उनले नागरिक उन्मुक्तिले भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री र सोही मन्त्रालयको राज्यमन्त्री पाउने सहमति भएको बताए।

यस्तै, आन्तरिक मामिला तथा कानुनमन्त्रीमा पनि कांग्रेसका शिवराज भट्ट नियुक्त हुने भएका छन्। बुधबार नियुक्त गरेर सपथ गराउने तयारी रहेको मुख्यमन्त्री कार्यालयले जनाएको छ।

यसअघि आन्तरिक मामिला तथा कानुनमन्त्री रहेका कांग्रेस नेता पृथ्वीबहादुर सिंहको दुर्घटनामा निधनपछि सो मन्त्रालय खाली रहेको थियो।

साउन ९ गते पनि १ मन्त्री र १ राज्यमन्त्रीसहित उन्मुक्तिका प्रदेशसभा सदस्यको शपथको तयारी गरिएको थियो तर पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले अन्तिम समयमा मुख्यमन्त्री शाहलाई सरकारमा सहभागी नहुने पत्र पठाएपछि शपथ रोकिएको थियो। नागरिक उन्मुक्ति पार्टीका ७ जना सांसद रहेका छन्।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार