नेपालमा डेंगु सङ्क्रमण तीव्र गतिमा फैलिदै : ४१ प्रतिशतलाई ‘सेरोटाइप–२’

adij lamkhutte

काठमाडौँ : नेपालमा डेंगु तीव्र गतिमा फैलिएको छ । हाल डेंगु भाइरस सङ्क्रमण भएका मध्ये ४१ प्रतिशतलाई ‘सेरोटाइप–२’ भएको अध्ययनले देखाएको छ । सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार डेंगुका १, २, ३ र ४ गरी चार प्रकारका सेरोटाइप हुन्छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला तथा धरान वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको अध्ययनले नेपालमा हाल ‘सेरोटाइप २’ बढी देखिएको ईडीसीडीका किट्जन्य शाखाका प्रमुख डा. गोर्कण दाहालले बताए ।

जनस्वास्थ्य प्रयोगशाला र  बीपी प्रतिष्ठानमा ५८ नमुना परीक्षण गरिएको थियो ।सो अध्ययनअनुसार ‘सेरोटाइप २’ डेंगु ४१ प्रतिशतमा पुष्टि भएको छ । केहीमा ‘सेरोटाइप १’, र ‘सेरोटाइप ३’ पनि देखिएको छ । 

यस्तै, इपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का अनुसार सन् २०२२ मा सेरोटाइप १, २ र ३ पुष्टि भएकोमा ‘सेरोटाइप–३’ बढी मात्रामा देखिएको थियो । त्यसबेला राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरी ३३४ वटा नमुना परीक्षण गरिएको थियो ।

त्रिवि शिक्षण अस्पतालमा ५० र जनस्वास्थ्य प्रयोगशालामा २७२ र बीपी स्वास्थ्य प्रतिष्ठानमा १२ नमुना परीक्षण गर्दा सेरोटाइप १,२ र ३ देखिएको थियो । 

२०१९ मा सेरोटाइप १ र २ मात्रै पुष्टि भएको थियो । यस्तै, सन् २०१६ मा सेरोटाइप १ तथा सन् २०१९ मा सेरोपाइप २ देखिएको थियो ।  

नेपालमा अहिलेसम्म डेंगु सङ्क्रमणका चारवटै सेरोटाइप देखिएका छन् । कोभिड–१९ को ओमिक्रोन भेरियन्ट जस्तो डेंगुका पनि भविष्यमा भेरियन्ट नआउला भन्न नसकिने डा. पुनको भनाइ छ ।  प्रत्येक वर्ष ४ सेरोटाइपमध्ये फरक फरक फैलिदा स्वास्थ्य जटिलटा आउने उनको भनाइ छ ।   -रातोपाटीबाट

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार