यस कारण गरियो जिल्ला प्रहरी कार्यालय कैलाली घेराउ 

यस कारण गरियो जिल्ला प्रहरी कार्यालय कैलाली घेराउ 

धनगढी : धनगढीमा गर्भपतनको औषधी खाएर एक महिलाको मृत्यु भएपछि जिल्ला प्रहरी कार्यालय घेराउ गरिएको छ । धनगढी उपमहानगरपालिकास्थित मेरी स्टोप सामुदायिक क्लिनिकमा गर्भपतन गराउन गएकी धनगढी उपमहानगरपालिका–१२ जुगेडाकी ३५ वर्षीया महिलाको मृत्यु भएपछि आफन्तजनले प्रहरी कार्यालय घेराउ गरेका हुन् ।

प्रहरीका अनुसार उनी बिहीबार बिहान गर्भपतन गराउन क्लिनिक पुगेकी थिइन् । क्लिनिकले दिएको औषधी सेवनपछि उच्च रक्तस्राव हुन गई महिलालाई सेती अस्पताल लगिएको थियो । त्यहाँ उनको उपचारकै क्रममा मृत्यु भएको बताइएको छ ।

घटनापछि क्लिनिक सञ्चालक गोदावरी नगरपालिका–२ का २५ वर्षीय विनोद जोशीलाई अनुसन्धानको लागि प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ भने एकजना फरार रहेको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय प्रमुख तथा प्रहरी उपरीक्षक देवेन्द्र पालले सञ्चालक विरुद्ध जाहेरी दर्ता भएको जानकारी दिए । एक जनालाई बिहिबार नै नियन्त्रणमा लिएको बताउँदै प्रहरी उपरीक्षक पालले फरार रहेका अर्का एक जनाको पनि खोजी भइरहेको बताए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार