थुनामुक्त सुनिल शर्मा भन्छन् : प्रधानमन्त्रीले गुनको पैचो हत्कडी लगाएर दिनुभयो, धन्यवाद

थुनामुक्त सुनिल शर्मा भन्छन् : प्रधानमन्त्रीले गुनको पैचो हत्कडी लगाएर दिनुभयो, धन्यवाद

काठमाडौं : जिल्ला अदालत, काठमाडौंको आदेशपछि नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्मा रिहा भएका छन् ।

शैक्षिक प्रमाणपत्र कीर्तेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सांसद शर्मालाई बिहीबार विहान पक्राउ गरेको थियो ।

उनलाई थुनामा राखेर अनुसन्धान गर्न माग गर्दै प्रहरीले शुक्रबार जिल्ला अदालत, काठमाडौंमा उपस्थित गएको थियो ।

तर न्यायाधीश दण्डपाणि शर्माको एकल इजलासले शर्मालाई थुनामुक्त गरेर अनुसन्धान गर्न आदेश दियो ।

अदालतको आदेशपछि थुनामुक्त भएका सांसद शर्माले प्रधानमन्त्रीको आलोचना गरेका छन् । प्रधानमन्त्रीकै निर्देशनमा आफूलाई पक्राउ गरिएको भन्दै उनले भने, ‘त्यतिसारो बैगुनी हुनु हुँदैन ।’

आफूसहित कृष्ण सिटौला, डा. शेखर कोइराला, कृष्णसेन इच्छुक लगायतका मानिसहरु नभएको भए प्रचण्ड अहिले पनि जंगलमै हुने भन्दै उनले भने, ‘पहिलो वार्ता गराउने हामी हो । टेलिफोन नम्बर कति हो उहाँले बिर्सनुभयो होला, मलाई अहिले पनि याद छ ।’

‘हामीले लगाएको गुनको पैचो उहाँले हत्कडी लगाएर दिनुभएको छ । उहाँलाई विशेष धन्यवाद भन्न चाहन्छु । यो पावरको उन्माद हो’, उनले अघि भने ।

उनले पार्टीका नेताहरुलाई माओवादीसँगको गठबन्धनबारे पुनर्विचार गर्न समेत आग्रह गरेका छन् ।

सांसद शर्माले अघि भने, ‘यसरी नै गृहमन्त्रीले हाम्रो मान्छेहरुलाई एकपछि एक गरेर धुलो चटाउँदै जाने र हामीले गठबन्धन गर्ने हो भने हाम्रो पार्टी सकिने वाला छ ।’

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार