जिल्ला क्रिकेट संघ कैलालीको अध्यक्षमा पुनः बिक्रम बिस्ट

जिल्ला क्रिकेट संघ कैलालीको अधिवेशनमा ५ जना सम्मानित

जिल्ला क्रिकेट संघ कैलालीको अध्यक्षमा पुनः बिक्रम बिस्ट निर्वाचित भएका छन् । बिहिवार जिल्लाको सातौं अधिवेशनबाट बिस्ट सर्वसम्मत दोश्रो कार्यकालका लागि निर्वाचित भएका हुन ।

कैलाली जिल्लामा रहेर लामो समयदेखि कृकेटजन्य गतिविधिमा सकृय रहेका बिस्टलाई पुनः जिल्ला हाँक्ने जिम्मेवारी प्राप्त भएको हो ।

यस्तै उपाध्यक्षमा सम्भु लामिछाने,सचिबमा देव नारायण झा,कोषाध्यक्षमा विक्रम लामा त्यस्तै सदस्यहरुमा क्रमशः रतन बहादुर कठायत,बाबुराजा श्रेष्ठ,रुपक बिस्ट,ज्ञानेन्द्र दडिमाना क्षेत्री,गणेश रजक,दिनेश महर्जन,लोक बहादुर खड्का (रबि),गोविन्द राज जोशी,पदम ब.सिंह,सम्राट सिंह र कमल राज जोशी निर्विरोध निर्वाचित भएका हुन् ।

जिल्ला कृकेट संघ कैलालीको साँतौं अधिवेशनमा प्रमुख अतिथिको रूपमा रहेका नेपाल कृकेट संघका (क्यान) केन्द्रिय अध्यक्ष चदुर बहादुर चन्दले नेपाली कृकेटको अप्ठ्यारो अवस्थामा काम गरेर यो अवस्थामा ल्याइपुर्‍याएकोले एकपटक पुनः अन्तिम पटकको लागि आफू अध्यक्ष पदमा आउन चाहेको बताएका छन् । उनले आफू निर्वाचित भए अब सुदूरपश्चिमका लागि विशेष प्याकेजका रूपमा काम गर्ने समेत प्रतिबद्धता व्यक्त गरे ।

कृकेट संघ विस्तारमा सुदूरपश्चिम मात्र नभै देशका कुना कन्दरामा आफु प्रत्यक्ष सहभागी भै काम गरेकोले साथीहरू यसपटक पुनः आफुलाई जिताउनेमा ढुक्क रहेको बताएका छन् । सुदूरपश्चिम आफ्नो गृह प्रदेश भएकोले यहाँ जिल्लामा चुनाव हुनुहुन्न भन्ने मेरो मान्यता थियो साथीहरूले मिलेर जिल्लाको टिम सर्वसम्मत बनाएकोमा खुशी लागेको चन्दले बताए । कैलाली सँगै प्रदेशका थप ७ जिल्लामा सर्वसम्मत तरीकाले अधिवेशन भैसकेको छ ।

कैलाली जिल्ला कृकेट संघका अध्यक्ष बिक्रम बिस्टको अध्यक्षतामा सम्पन्न जिल्ला अधिवेशनमा प्रमुख अतिथिको रूपमा नेपाल कृकेट संघका (क्यान) केन्द्रिय अध्यक्ष चदुर बहादुर चन्द रहेका थिए भने विशिष्ट अतिथिमा धनगढी उपमहानगरपालिका वडा न ४ का अध्यक्ष बुद्धि बहादुर खड्का,सुदूरपश्चिम प्रादेशिक कृकेट संघका अध्यक्ष हरि रेग्मी,नेपाल कृकेट संघका केन्द्रिय सदस्य विरेन्द्र चन्द,जिल्ला खेलकुद समिति कैलालीका अध्यक्ष ललित खत्री,प्रादेशिक कृकेट संघका सदस्य अनिल भुजनिया रहेका थिए,त्यस्तै अतिथिमा जिल्ला कृकेट संघ डोटीका अध्यक्ष दिनेश सिंह, कैलाली जिल्ला कृकेट संघका पुर्व अध्यक्ष,सचीव ,कोषाध्यक्ष,पुर्व पदाधिकारी व्यवसायी सत्तिस जोशी लगायतको उपस्थिति रहेको थियो । जिल्ला कृकेट संघ कैलालीका उपाध्यक्ष बाबुराजा श्रेष्ठले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन डिल्लीराज ओझा समर्पणले गरेका थिए।

जिल्ला क्रिकेट संघ कैलालीको अधिवेशनमा ५ जना सम्मानित

जिल्ला क्रिकेट संघ कैलालीको सातौँ अधिवेशनमा ५ जना सम्मानित भएका हुन । बिहीबार निर्माण व्यवसायी संघ कैलालीको सभाहलमा सम्पन्न सातौं अधिवेशनमा कृकेटमा लामो समयदेखि सकृय रहि अध्यक्ष जस्तो जिम्मेवारपुर्ण पदमा बसेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा नेपाली कृकेटमा योगदान पुर्‍याएको भन्दै नेपाल कृकेट संघका केन्द्रिय अध्यक्ष चतुर बहादुर चन्दलाई सम्मान गरेको हो । त्यस्तै कैलाली जिल्ला कृकेट संघका पुर्व अध्यक्ष धर्म बहादुर बोहरा,पुर्व सचीव गणेश नेपाली,पुर्व कोषाध्यक्ष मदन बहादुर कुँवर र धनगढी कृकेट एकेडमीका अध्यक्ष सुवास शाही सम्मानित भएका हुन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार