मोडेल अनिता गिरीको अभिनय रहेको नयाँ गीत ‘सम्झनामा ताजमहल’ सार्वजनिक

मोडेल अनिता गिरीको अभिनय रहेको नयाँ गीत ‘सम्झनामा ताजमहल’ सार्वजनिक भएको छ । एक प्रेमिल जोडीको प्रेमभावलाई लिएर बनाइएको यस गीतमा माधव शर्माको निर्देशन छ।

भिडियोमा सन्तोष राजबाहकको कोरियोग्राफी रहेको छ भने नवराज उप्रेती र दिनेश पराजुलीको सिनेम्याटोग्राफी तथा दिन्शन शाहले दृश्य तथा रङ्ग सम्पादन गरेका छन् ।

गणेश शाहीको शब्द रचना रहेको यस गीतमा देवेन्द्र बरालले सङ्गीत दिएका छन् भने पुष्कर सुनुवारले सङ्गीत संयोजन गरेका छन् साथै विप्लव अधिकारीको मिक्सिङमाष्टरिङ रहेको छ ।

क्याच स्टुडियोको पोष्ट प्रोडक्सनमा निर्माण भएको यस म्युजिक भिडियोलाई राइट ट्युन इन्टरटेनमेन्ट नामक युट्युब च्यानलबाट डिजिटल बजारमा सार्वजनिक गरिएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार