चिकित्सा शिक्षा आयोग र शिक्षा मन्त्रालय अन्तर्गत निकायहरूका लागि ७४ अस्थायी दरबन्दी स्वीकृत

चिकित्सा शिक्षा आयोग र शिक्षा मन्त्रालयअन्तर्गत निकायहरूका लागि ७४ अस्थायी दरबन्दी स्वीकृत

काठमाडौं : चिकित्सा शिक्षा आयोग र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत निकायहरूका लागि राजपत्रांकित श्रेणीका ७४ अस्थायी दरबन्दी स्वीकृत भएको छ। मन्त्रिपरिषद्‌ बैठकले चिकित्सा शिक्षा आयोग र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत निकायहरूका लागि राजपत्रांकित श्रेणीका ७४ अस्थायी दरबन्दी स्वीकृत गरेको हो।

सुर्खेत जिल्ला साविक अवलचिङ्ग गाविस वडा नं. ४क को ९ रोपनी जग्गा चिङ्गाड गाउँपालिका वडा न. ५ मा निर्माण हुने १५ शय्याको आधारभूत अस्पताल निर्माणार्थ चिङ्गाड गाउँपालिकालाई उपयोग गर्न स्वीकृति पनि निर्णय भएको छ।

यी हुन् मन्त्रिपरिषद्‌का निर्णयहरू

– धुलिखेल अस्पताल ट्रमा तथा आपतकालीन केन्द्र सुधार परियोजनाका लागि जापान सरकारबाट प्राप्त हुने जापानी येन ३ अर्ब २९ करोड ६० लाख अनुदान सहायता स्वीकार गर्ने ।

–कर्जा सुरक्षण (चौथो संशोधन) नियमहरू, २०८० स्वीकृत गर्ने।

–२०८० साल असोज ८-९ गते इजिप्टको शार्म एल शेखमा आयोजना हुने एसियाली पूर्वाधार लगानी बैंकको बोर्ड अफ गभर्नर्सको आठौं वार्षिक बैठकमा माननीय अर्थमन्त्री (एसियाली पूर्वाधार लगानी बैंकका लागि गभर्नर) नेतृत्वको प्रतिनिधि मण्डललाई सहभागी हुन स्वीकृति दिने।

–धितोपत्र दर्ता तथा निष्काशन (सातौं संशोधन) नियमावली, २०८० संशोधन गर्न स्वीकृति प्रदान गर्ने ।

–नेपाल इञ्जिनियरिङ सेवा, केमिकल इञ्जिनियरिङ समूह, राजपत्रांकित प्रथम श्रेणी (प्रा.) मा बढुवा गर्ने।

–राष्ट्रिय खानेपानी, सरसफाई तथा स्वच्छता नीति, २०८० स्वीकृत गर्ने।

–उमेर, जात र नाम सच्याउने (तेस्रो संशोधन) नियमहरू, २०८० स्वीकृत गर्ने।

–मल्दिभ्समा भदौ २३, २०८० (तदनुसार सेप्टेम्बर ९, २०२३), मा हुन गइरहेको राष्ट्रपतीय निर्वाचनको अवलोकन गर्न भदौ २१-२६, २०८० सम्मका लागि माननीय निर्वाचन आयुक्त श्री रामप्रसाद भण्डारीको भ्रमण स्वीकृत गर्ने।

– प्रधानमन्त्री श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्यूयोर्कमा आयोजना हुने संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा सहभागी हुन भ्रमण कार्यक्रम स्वीकृत गर्ने।

–सुर्खेत जिल्ला साविक अवलचिङ्ग गाविस वडा नं. ४क को ९ रोपनी जग्गा चिङ्गाड गाउँपालिका वडा न. ५ मा निर्माण हुने १५ शय्याको आधारभूत अस्पताल निर्माणार्थ चिङ्गाड गाउँपालिकालाई उपयोग गर्न स्वीकृति दिने।

–वन तथा वातावरण मन्त्रालयअन्तर्गत आव २०८०/८१ मा सञ्चालन हुने संरक्षित क्षेत्र र जैविक मार्गका लागि एकिकृत भू परिधि व्यवस्थापन आयोजना लगायतका सत्र वटा आयोजना तथा कार्यक्रमहरुका लागि राजपत्रांकित श्रेणीको ३८ अस्थायी दरबन्दी सिर्जना गर्न स्वीकृति दिने।

–चिकित्सा शिक्षा आयोग र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत निकायहरूका लागि राजपत्रांकित श्रेणीका ७४ अस्थायी दरबन्दी स्वीकृत गर्ने । 

–गीत-सङ्गीतमार्फत राष्ट्रलाई पुऱ्याउनुभएको योगदानको कदर स्वरूप स्व जेबी टुहुरे (जुठबहादुर टुहुरे खङ्गी) लाई जनगायक उपाधि प्रदान गर्ने।

–आगामी मिति २०८० असोज १३ देखि १७ गतेसम्म संयुक्त राज्य अमेरिकाको टेक्सासमा आयोजना हुने ‘अन्तर्राष्ट्रिय सहर २०२३/आईसीएमएको वार्षिक समारोह) विषयक कार्यक्रममा सहभागी हुन वीरगंज महानगरपालिकाका प्रमुख श्री राजेश मान सिंहको भ्रमण स्वीकृत गर्ने ।

–शहरी विकास मन्त्रालय अन्तर्गत नयाँ शहर आयोजना लगायतका निकायहरुको आर्थिक वर्ष २०८०/८१ को लागि राजपत्रांकित श्रेणीका ४६९ अस्थायी दरबन्दी स्वीकृत गर्ने ।

–माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री श्री सुदन किरातीका पिता श्री हर्कबहादुर राईको ७६ वर्षको उमेरमा असामयिक निधन भएकोमा नेपाल सरकारको तर्फतबाट गहिरो शोक प्रकट गर्दै श्रद्धाञ्जली व्यक्त गर्ने। यस दुःखद घडीमा माननीय मन्त्रीज्यू, शोकसन्तप्त परिवारजन र शुभेच्छुकप्रति हार्दिक समवेदना प्रकट गर्ने ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार