‘जय हो’ प्रदर्शनमा: प्रिमियरमा सकारात्मक प्रतिक्रिया

आक्रामक प्रचारसहित अभिनेता सलोन बस्नेत र अभिनेत्री केकी अधिकारीको मुख्य भूमिका रहेको फिल्म ‘जय हो’ भाद्र ८ शुक्रबार देखि प्रदर्शनमा आएको छ। ‘जय हो’लाई मल्टीप्लेक्सहरुले पनि राम्रो शो उपलब्ध गराएका छन् ।


फिल्मको गीत-संगीतको चर्चा र स्टारकास्टका कारण फिल्मको ओपनिङ सुखद हुनसक्ने देखिन्छ । प्रिमियरमा मिलेको सकारात्मक प्रतिक्रियाको प्रभाव पनि व्यापारमा पर्नेमा निर्माण टिम विश्वस्त छ । कमेडी-लभस्टोरी जनरामा निर्माण भएको फिल्मका निर्देशक टेक पौरखी राई हुन् ।

शोभित बस्नेत प्रस्तुतकर्ता रहेको फिल्ममा माओत्से गुरुङ, निशा अधिकारी, अर्पण थापा, सुमिन गुरुङ, सुशान्त श्रेष्ठ, कुमार थिङ र सुबि मगरको पनि अभिनय छ । सलोन-सलिना फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्मको निर्मातामा सुरज ल्वागन (सरकार) र राज के अधिकारी रहेका छन् । यो फिल्ममा सौरभ लामाको छायांकन, बनिश शाहको सम्पादन तथा सुरेश न्यौपानेको लेखन छ ।

त्यस्तै, मोहन राईद्वारा निर्देशित ‘महानगर’मा कार्म, मेनुका प्रधान, अनोज पाण्डे, शोविता अधिकारी, जीवन बराल, परीक्षितविक्रम राणा, चन्द्र पाण्डे, राज पौडेललगायतको अभिनय छ । सानो घटनाका कारण सँगै रात गुजार्न बाध्य दुई पात्रको जीवनमा त्यो रातले ल्याएको परिवर्तनमा फिल्म केन्द्रित छ । नरेन्द्र मैनालीको छायाङ्कन रहेको यस फिल्मको कार्यकारी निर्माता गोविन्द पराजुली हुन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार