माओवादी केन्द्रको ‘जनतासँग माओवादी’ विशेष रुपान्तरण अभियान शुरु

माओवादी केन्द्रको ‘जनतासँग माओवादी’ विशेष रुपान्तरण अभियान शुरु

सत्तारूढ दल माओवादीले आजदेखि देशभर ‘जनतासँग माओवादी’ विशेष रुपान्तरण अभियान शुरु गरेको छ । 

पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडाबाट शनिवार बिहान पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अभियानको उद्घाटन गरेका छन् । यस अभियानमार्फत आसन्न निर्वाचनमा जनताको ‘मन जितेर मत प्राप्त गर्ने’ उद्देश्य राखिएको छ । 

गत साउन तेस्रो साता काठमाडौंमा बसेको माओवादीको केन्द्रिय समितिको चौथो पूर्ण बैठकले पार्टी र सरकारको सन्देश प्रत्येक घरघरमा पुर्‍याउने उद्देश्यसहित अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । सोही अनुसार आजबाट देशभर एकैपटक तीन महिने र ‘जनतासँग माओवादी’ विशेष रुपान्तरण अभियान शुरु भएको हो। 

कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले माओवादी इतिहासकै चुनौतिपूर्ण अवस्थामा रहेको भन्दै विशेष अभियानबाट पार्टी एकतावद्ध भई फेरि बलियो बन्ने दाबी गरे । संगठन निर्माण, विचारको विकास गर्नेमा अभियानले  महत्वपूर्ण भूमिका निर्वाह गर्ने अध्यक्ष प्रचण्डको विश्वास छ । 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार