सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लामा माओवादी केन्द्रको अभियान, यी हुन् टोली कमाण्डरहरु

सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लामा माओवादी केन्द्रको अभियान, यी हुन् टोली कमाण्डरहरु

धनगढी : नेकपा (माओवादी केन्द्र)को तीन महिने अभियान सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लामा अभियान सुरु भएको छ । शनिबार दिउँसो १ बजे अध्यक्ष प्रचण्डको विशेष सम्बोधनसँगै ९ वटै जिल्लामा खटिएका ७९ अभियान टोलीले जनसहभागीसहित उद्घाटन गरेका थिए ।

पार्टी सचिव डिलाराम आचार्यको उपस्थितिमा धनगढी उपमहानगरपालिका सबै वडाको संयुक्त रुपमा अभियानको उद्घाटन गरे । प्रचण्डको सम्बोधनपछि कार्यक्रमलाई सम्बोधन गर्दै सचिव आचार्यले अभियान जनतालाई रुपान्तरण गर्न नभएर माओवादी आफू रुपान्तरण हुन संचालन गरिएको बताए ।

माओवादी नेता कार्यकर्ताहरुको चिन्तन र व्यवहारमा लागेको मैलो पखाल्न पनि अभियान संचालन गरिएको बताउँदै आचार्र्र्यले भने, “अभियान जनतालाई रुपान्तरण गर्न होइन, माओवादी नेता कार्यकर्ताहरुको चिन्तन र व्यवहारमा लागेको मैलो सफा गर्न तीन महिने अभियान सुरु गरिएको हो ।” आचार्यले जनयुद्ध र जनआन्दोलनका केही कार्यभार पूरा गर्न बाँकी रहेकोले माओवादी र जनताबीच सुमधुर सम्बन्ध हुन आवश्यक भएको बताए ।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य बिना मगर, दिपक साउद, लक्ष्मी बिक, निर्मला बडाल, धनगढी उपमहानरपालिकाका इन्चार्ज निर्मल शाहलगायतले तीन महिने अभियानको आवश्यकता र औचित्यबारे प्रकाश पारेका थिए ।

त्यसैगरी डोटीको जोरायलमा माओवादी केन्द्रका स्थानीय समिति सदस्य खगराज भट्टको सहभागितामा अभियानको उद्घाटन गरिएको छ । भट्टले समाजवादी क्रान्तिको लागि जनयुद्धको आधार क्षेत्रमा माओवादी फर्किएको बताउँदै अभियानमा जनताको सहभागिता हुनेमा विश्वाय व्यक्त गरे ।

पार्टीका केन्द्रीय सदस्य शरद सिंह भण्डारीले आफूहरु गाउँ फर्केको बताउँदै माओवादी र जनता बीचमा सम्बन्ध जोड्दै समाजवादी क्रान्ति सम्पन्न गर्नुपर्नेमा जोड दिए । उनले समाजवादी क्रान्ति बिना जनताको अवस्था परिवर्तन गर्न नसकिने बताए ।
जिल्ला इन्चार्ज लक्षिराम आचार्यका अनुसार जिल्लाका ६ वटै टोलीले एकसाथ अभियानको उद्घाटन गरेको जानकारी दिए ।
त्यसैगरी बझाङ, अछाम, बाजुरा, कैलाली, कञ्चनपुर, दार्चुला, डडेल्धुरा, बैतडीमा पनि अभियान एकसाथ उद्घाटन गरिएको नेताहरुले जानकारी दिएका छन् ।

  • ९ वटै जिल्लाको अभियान टोली

सुदूरपश्चिम प्रदेशमा सबैभन्दा धेरै कैलालीमा अभियान टोली खटिएका छन् । जनयसंख्याको हिसाबले घरघरमा पुग्नेगरी कैलालीमा १३ अभियान टीम खटिएका छन् । पार्टीका केन्द्रका सचिव डिलाराम आचार्य पनि कैलालीमै खटिएका छन् ।

कैलालीः केन्द्रीय सचिव डिलाराम आचार्य, केन्द्रीय सदस्यहरु त्रिलोचन भट्ट, शान्ति नेपाली रेणु चन्द, विमला सिंह, देवीलाल चौधरी, मोतिकला चलाउने, देवराज रेग्मी, टेकेन्द्र भट्ट, तारामान स्वार, लोकेन्द्र लम्साल खटिएका छन् । प्रदेश अध्यक्ष हरिराम चौधरीले पनि अभियान टोलीको नेतृत्व गरेका छन् ।

डडेल्धुराः डडेल्धुरा भौगोलिक हिसाबले सानो जिल्ला भएकोले ५ वटा अभियान टोली खटिएका छन् । केन्द्रीय सदस्यहरु, भगत बडुवाल, शिवसिंह ओली, रमेश धामी, दलबहादुर धामी….रहेका छन् ।

दार्चुलाः दार्चुलामा १० वटा टोली खटिएका छन् । जिल्ला संयोजक र प्रदेश सदस्यहरुले पनि अभियान टोलीको नेतृत्व गरेका छन् । केन्द्रीय सदस्यहरु, नरेन्द्र कुँवर, डम्बर घर्ती, गणेश खत्री, जमानसिंह धामी, भुवन चन्द्र बिक रहेका छन् भने विनोद कुँवर, रामदत्त जोशी, पान पसिंह धामी, लाल बहादुर बिक, प्रदेश सदस्य हुन् । त्यस्तै, जिल्ला संयोजक पदमराज पन्तले पनि अभियान टीमको नेतृत्व गरेका छन् ।

बैतडीः बैतडीमा ८ वटा अभियान टोली खटिएका छन् । एकजना प्रदेश उपाध्यक्ष र ७ जना केन्द्रीय सदस्यले नेतृत्व गरेका छन् । जसमा रामप्रसाद तिमिल्सिना, भक्त विश्वकर्मा, भरत धानुक, माया नेगी, मान सिंह धामी, गणेश खत्री रहेका छन् भने प्रदेश उपाध्यक्ष मान सिंह माल रहेका छन् ।

अछामः अछाम जिल्लामा १० वटा अभियान टोली खटिएका छन् । भौगोलिक रुपमा ठूलो मानिएको अछाममा केन्द्रीय सदस्य, प्रदेश सदस्य र जिल्ला संयोजकले समेत अभियान टोलीको नेतृत्व गरेका छन् ।

केन्द्रीय सदस्य ओमप्रकाश पुन, कुन्ती जोशी र नरेन्द्र कुँवर रहेका छन् भने केन्द्रीय सल्लाहकार जंग बिक, शिद्धराज भाट र जिल्ला संयोजक रविन्द्र साउद, प्रदेश सदस्यहरु जोरासिंह विष्ट, प्रदेश सहसचिव प्रकाश परियार, प्रदेश सदस्य पहल साउद, इश्वरी थापाले अभियान टोलीको नेतृत्व गरेका छन् ।

डोटीः जिल्लामा ६ वटा अभियान टोली खटिएका छन् । केन्द्रीय सदस्यहरु, शरद सिंह भण्डारी, लक्षिराम आचार्य, गोविन्द बिक रहेका छन् । त्यस्तै, प्रदेश उपाध्यक्ष कृष्ण बडुवाल र प्रदेश सदस्य छवि ओलीले अभियान टोलीको नेतृत्व गरेका छन् ।
कञ्चनपुरः जिल्लामा ९ वटा अभियान टोली खटिएका छन् । केन्द्रीय सदस्यहरु, नेपबहादुर थारु, वीरमान चौधरी, शंकर खड्का, दिपा चौधरी, सरु थारु, विनिता चौधरी, गोविन्द तिमिल्सिना रहेका छन् । त्यस्तै निर्वाचन आयोग सदस्य हरिराम श्रीपाइलीले दोधारा चाँदनीको अभियान टोलीको नेतृत्व गरेका छन् ।

बाजुराः बाजुरामा ५ वटा अभियान टोली खटिएका छन् । केन्द्रीय सस्यद देवकी मल्ल, लक्ष्मण खड्का, तिलक परियारले अभियान टोलीको नेतृत्व गरेका छन् भने जिल्ला सचिव रमेशराज बिकले पनि नेतृत्व गरेका छन् ।

बझाङः जिल्लामा १० वटा अभियान टोली खटिएका छन् । केन्द्रीय सदस्य लालबहादुर सोडारी, ललित सिंह गगुन्ना, केन्द्रीय अनुशासन आयोगका सदस्य धर्मराम बिक, प्रदेश उपाध्यक्ष, रणबहादुर कुँवर, सहसचिव केशवनाथ योगी रहेका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार