एसिया कपमा नेपालका आसिफ शेखले गरे भारतविरुद्ध अर्धशतक पूरा

एसिया कपमा नेपालका आसिफ शेखले गरे भारतविरुद्ध अर्धशतक पूरा

काठमाडौँ : एसिया कपमा नेपालका आसिफ शेखले भारतविरुद्ध अर्धशतक पूरा गरेका छन् । सोमबार श्रीलंकाको क्यान्डीस्थित पल्लेकेले रंगशालामा शेखले ८८ बलमा ७ चौकाको मद्दतमा ५० रन पूरा गरेका हुन् । 

आसिफले गत फागुनमा क्रिकेट विश्वकप लिग-२ मा पपुवा न्यु गिनीविरुद्ध सानदार इनिङ्स खेल्दै शतक पूरा गरेका हुन् । आसिफले १ सय १ बलमा शतक पूरा गरेका हुन् ।

भारतसँग टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४ विकेट गुमाइसकेको छ । नेपालका लागि ओपनिङ ब्याटर कुशल भुर्तेलले २५ बलमा ३ चौका र ३ छक्काको मद्दतमा ३८ रन बनाएर आउट भए । कप्तान रोहित पौडेल भने ५ रनमै आउट भए ।

नेपालले पहिलो पटक भारतसँग एकदिवसीय खेल खेलेको हो । नेपाल र भारतबीच एसिया कपको समूह चरणको खेल नकआउट प्रवेशको समीकरण बनेको छ । सोमबारको खेल जसले जित्छ त्यही राष्ट्र नै एसिया कपको सुपर फोरमा पुग्नेछ । पाकिस्तान समूह ‘ए’ बाट यसअघि नै अघिल्लो चरणमा प्रवेश गरिसकेपछि नेपाल र भारतको खेल निर्णायक बनेको हो ।

नेपालले टेस्ट राष्ट्रसँग खेल्न लागेको यो पाँचौं र भारतसँग पहिलो अवसर हो । एसिया कपअघि नेपालले विश्वकप छनोटमा जिम्बावे, वेस्ट इन्डिज र आयरल्यान्डसँग खेलेको थियो । नेपालले टेस्ट खेल्ने चार राष्ट्रविरुद्ध यसअघि खेलिएका खेलमा पराजय भोग्दै आएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार