थाइल्यान्डविरुद्ध टस जितेर पहिले बलिङ गर्दै नेपाल

थाइल्यान्डविरुद्ध टस जितेर पहिले बलिङ गर्दै नेपाल

काठमाडौं : नेपालले आइसिसी महिला टी-२० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत थाइल्यान्ड विरुद्धको सेमिफाइनल खेलमा टस जितेर पहिले बलिङ गर्ने निर्णय लिएको छ।

मलेसियाको बांगीको युकेएम-वाइएसडी ओभलमा शुक्रबार बिहान नेपालले टस जितेर थाइल्यान्डलाई पहिले ब्याटिङको निम्ता दिएको हो।

नेपाल थाइल्यान्डलाई हराउँदै पहिलो पटक टी-२० महिला विश्वकपका लागि ग्लोबल छनोटमा पुग्ने लक्ष्यमा रहेको छ। सन् २०१३ देखि सुरु भएको ग्लोबल छनोटमा नेपाल हालसम्म पुग्न सकेको छैन।

नेपाल संधै विश्वकप यात्रा एसिया छनोटमा नै अड्किँदै आएको छ। एसिया क्षेत्र छनोटबाट थाइल्यान्ड र युएईले ग्लोबल छनोट खेल्दै आएका छन्। नेपाल यस पटक भने थाइल्यान्डलाई हराउँदै इतिहास रच्ने प्रयामा रहेको छ।

तर बलियो थाइल्यान्डको चुनौती पन्छाउन सहज भने छैन। नेपालले युएईसँगको खेल बाहेक समूहका सबै खेलमा जित निकाले पनि संघर्षपूर्ण इनिङ खेल्दै आएकाले थाइल्यान्ड विरुद्ध भने उत्कृष्ट प्रदर्शन गर्नु पर्ने चुनौती नेपाललाई रहेको छ।

२०२० मा विश्वकप खेलेको र पछिल्लो समय सानदार प्रदर्शन गर्दै आएको थाइल्यान्ड अहिले पनि बलियो मानिन्छ। २०१९ मा थाइल्यान्ड विरुद्धको दुई टी-२० अन्तर्राष्ट्रिय खेलमा दुईटै खेलमा नेपाल पराजित भएको थियो।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार