द भ्वाइस अफ नेपान सिजन ५ को प्रसारण असोज ५ गतेबाट

टन स्पोन्सरमा डामर रेड पेष्ट, उप र मिमन बने नयाँ

द भ्वाइस अफ नेपान सिजन ५ को प्रसारण असोज ५ गतेबाट

काठमाडौं : नेपालको नम्बर एक गायन रियालिटी सो ‘डावर रेड पेष्ट प्रिजेन्ट्स द भ्वाइस अफ नेपाल’ सिजन-५ को प्रसारण असोज ५ गतेबाट सुरु हुने भएको छ ।

यो सिजनमा डिजिटल अडिसनमा सहभागी भएका करिव ६० हजार आवेदकमध्येबाट छानिएका १२० बढी प्रतिभाहरु ब्लाइन्ड अडिसनमा सहभागी भएका छन् । अडिसनमा नेपालसहित विभिन्न देशमा बसोबास गर्ने नेपालीभाषी प्रतिभाहरुले पनि उत्साहजनक सहभागीता जनाएका छन् ।

‘गत बर्षभन्दा झण्डै दोब्बरको संख्यामा डिजिटल अडिसनमा आवेदन परेको थियो, त्यसैले अडिसन स्क्रिनिङमै झण्डै तीन महिना लाग्यो’ कार्यक्रमका निर्देशक लक्ष्मण पौडेलले भने- ‘यसपटक धेरै ग्रामिण भेगबाट मौलिक आवाजहरु आएका छन, ब्लाइण्ड अडिसनमा पुगेका झण्डै १२० प्रतिभा साँच्चै अदभूत छन् ।’

ब्लाइन्ड अडिसनमा कोचको कुर्सी घुमाउन सफल प्रतिभाहरुको सांगीतिक यात्रा त्यही विन्दुबाट सुरु हुने छ । छानिएका ६४ जना प्रतिभाहरु ब्याटल राउण्डमा प्रतिस्पर्धा गर्नेछन् ।

भ्वाइस अफ नेपाल पांचौ सिजनसम्म पुग्ने पहिलो फेन्चाइज गायन रियालिटी सो भएकाले यो मित दर्शकसँग सेलिब्रेट गर्ने किसिमले प्रविधि र फर्म्याटमा थुप्रै रोचक परिवर्तनहरु गरेका टेलिभिजनका कार्यकारी निर्देशक श्याम कडेलले भने यो सिजनलाई उत्कृष्ट बनाउन ने कसर बाँकी राखेका छैनौ ।

प्रायोजकसँग सम्झौता

यसैवीच द भ्वाइस अफ नेपाल सिजन ५ का मुख्य प्रायोजकहरुसँग सम्झौता भएको छ। कार्यक्रमको टाइटल स्पोन्सरमा डावर रेड पेष्ट अनुवन्धित भएको छ भने पावर्ड बाई स्पोन्सरमा डेन्चर फरफ रहेको छ । यसैगरी को स्पोन्सरका रुपमा अल्ट्रा होम अप्लाइन्सेस होतोसन र हिमालम छन् ।

यो सिजनको एसोसिएट स्पोन्सरका रुपमा एशियन पेन्ट्स, हिमालय हर्बल, लेयर सट, यति कार्पेट, इमामी हेयर आयल, जोय पपाया सन अनुवन्धित भएका छन् भने भोटिङ पार्टनर खल्ती र एक्सक्लुसिभ मार्केटिङ पार्टनर एस मिडिया एण्ड मार्केटिङ रहेको छ ।

नयाँ कोचमा उदय सोताङ र मिलन नेवार

द भ्वाइस अफ नेपालको पाँचौ सिजनमा अनुबन्ध भएका कोचहरूसमेत सार्वजनिक गरिएको छ। अघिल्ला चार सिजनमा कोष रहेका प्रमोद खरेलले पाँचौ सिजनमा पनि निरन्तरता पाएका छन् । यसैगरी गत वर्षदेखि भ्याइसमा अनुवन्धित राजेश पायल राई यो सिजनमा पनि दोहोरिएका छन्।

यसअधि द भ्वाइस किड्समा कोषका रुपमा दर्शकको मन जितेकी गायिका मिलन नेवार द भ्वाइस अफ नेपाल सिजन ५ मा पनि कोचमा अनुबन्धित छिन्। सुगम संगीतका चर्चित गायक उदय सोताङ यो सिजनमा नयाँ कोचका रुपमा आएका छन् ।

हिमालय टेलिभिजनले विश्वका नम्बर एक रियालिटी सोहरु नेपालमा ल्याई उत्पादन तथा प्रसारण गर्दै आइरहेको छ । भ्वाइस अफ नेपाल किड्स, हिमालय रोडिज, हिमालय लोकस्टार लगायतका रियालिटी शो प्रसारण गरिरहेको टेलिभिजनले निकट भविष्यमै बिजनेस रियालिटी सो सार्क ट्याङ्कु र फेसन रियालिटी शो नेपाल्स नेक्स्ट टप मोडल प्रसारण गर्दै छ ।

थप जानकारीका लागि लक्ष्मी मैनाली, जनसम्पर्क अधिकृत ९८०१११६१५२ #TheVoiceOfNepalSession5

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार