धनगढी आसरा सुधार केन्द्र स्थापना, लागुऔषध दुर्व्यसनीहरुको उपचार गरिने

धनगढी आसरा सुधार केन्द्र स्थापना, लागुऔषध दुर्व्यसनीहरुको उपचार गरिने

धनगढी : कैलालीको धनगढीमा लागु औषधको दुर्व्यसनीहरुलाई सुपथ शुल्कमा गुणास्तरिय उपचारको व्यवस्था गर्न आसरा सुधार केन्द्र स्थापना गरिएको छ । धनगढी उपमहानगरपालिका र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीबीच सो सुधार केन्द्र स्थापना गर्न सम्झौता भएको हो ।

लागु औषधको दुर्व्यसनीहरुलाई सुपथ शुल्कमा गुणास्तरिय उपचारको व्यबस्था गरी असल र सिर्जनशिल नागरिक बनाइ परिवार र समाजमा पुनःस्थापना गर्ने उद्देश्यले धनगढी उपमहानगरपालिका १४ स्थित जेष्ठ नागरिक भवनमा सुधार केन्द्र स्थापना गरिएको छ ।

आइतबार उपमहानगर प्रमुख गोपाल हमाल र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रहरी नायव महानिरीक्षक भरतबहादुर बोहराबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालयको नवौं स्थापना दिवसको बिशेष समारोहका बीच समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार