अरिङ्गालले चिलेर ७४ वर्षीया वृद्धाकाे ज्यान गयाे

अरिङ्गालले चिलेर ७४ वर्षीया वृद्धाकाे ज्यान गयाे

ताप्लेजुङ : अरिङ्गालले चिलेर ताप्लेजुङमा आज साेमवार एक वृद्धाको ज्यान गएकाे छ ।

अरिङ्गालले चिलेर आठराई त्रिवेणी गाउँपालिका–४ चाँगेकी ७४ वर्षीया सुनमाया तामाङको ज्यान गएकाे वडाध्यक्ष अर्जुन लिम्बुले जानकारी दिनुभयाे । शनिवार दिउँसो जङ्गलमा दाउरा खोज्न गएका बेला तामाङलाई अरिङ्गालले टाेलेकाे वडाध्यक्ष लिम्बुले बताउनुभयाे ।

अरिङ्गालले चिलेर गम्भीर घाइते हुनुभएकी वृद्धाकाे चाँगे स्वास्थ्य चौकीमा प्राथमिक उपचार गरिएको थियो । थप उपचारका लागि जिल्ला अस्पताल लैजाने तयारी हुँदै गर्दा उहाँकाे ज्यान गएकाे लिम्बुले बताउनुभयाे ।

केही समयअघिसम्म छ्यापछ्याप्ती देखिने अरिङ्गाल अहिले भने कम देखिन थालेकाे स्थानीयवासी बताउँछन् । घरकाे भित्ता तथा रुखहरूमा देखिने अरिङ्गालको गोलाहरू देखिन छाडेको फक्ताङलुङ गाउँपालिका–६ का राम तामाङ बताउनुहुन्छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार