कैलारीकाे ‘के’ गाउँमा भइरहेको पुरुष फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पुरा

कैलारीकाे 'के' गाउँमा भईरहेको पुरुष फुटबल प्रतियोगिताको सेमिफाईनल समिकरण पुरा

कैलाली: कैलालीको कैलारी गाउँपालिका वडा नम्बर ४ के गाउँमा भइरहेको २४ औँ निसर्ग हस्पिटल महिला तथा पुरुष फुटबल प्रतियोगितामा पुरुष तर्फको सेमिफाइनल समीकरण पुरा भएको छ । महिला तर्फ भने उपाधि भिडन्त बाँकी छ । महिला तर्फ सुमादेवी युवा क्लब र पटेला स्मार्ट क्लब प्रतिस्पर्धा गर्नेछन् । महिला तर्फको विजेताले नगद २५ हजार सहित ट्रफी र उपविजेताले नगद १५ हजार सहित ट्रफी पाउने छन् ।

न्यु युवा सुन्दर शक्ति युवा क्लबको आयोजनामा थारु समुदायको पर्व अटवारी र हिन्दु नारीहरूको पर्व हरितालिका तिजको अवसरमा भइरहेको महिला तथा पुरुष फुटबल प्रतियोगिता अन्तर्गत पुरुष तर्फको खेलहरूमा जित हात पार्दै ईलाईट युवा क्लब र सुदूरपश्चिम ११ सेमिफाइनल पुगेका छन् । ईलाईट युवा क्लबले कैलारी गाउँपालिका वडा नम्बर ३ को कार्यालयलाई हराएर अन्तिम दुईमा स्थान बनाएको हो । निर्धारित समयमा दुवै टोलीले बराबरी खेलेपछि ईलाईटले पेनाल्टी सुट आउटमा बाजी मारेको हो । यस्तै अर्को खेलमा जित हात पार्दै सुदूरपश्चिम ११ पनि सेमिफाइनलमा पुगेको छ ।

सुदूरपश्चिम ११ ले कालिका युवा क्लबलाई ५–२ ले हराएर अन्तिम दुईमा स्थान बनाएको हो । यसअघि नै सिआर सेभेन र सागर युवा क्लब सेमिफाइनल प्रवेश गरिसकेका छन् । सागर युवा क्लबले पटेला स्मार्ट क्लबलाई १–० र सिआउर सेभेनले बरपिपल थारु युवा क्लबलाई ४–१ले हराएर सेमिफाइनलको यात्रा तय गरिसकेका छन् ।
पुरुष तर्फको विजेताले नगद एक लाख सहित ट्रफी र उपविजेताले नगद ५० हजार सहित ट्रफी पाउने क्लबका अध्यक्ष वृक्षलाल चौधरीले जानकारी दिए । यस्तै

प्रतियोगिताको मुख्य प्रर्वद्र्धकमा कैलारी गाउँपालिका र सहप्रबद्र्धकमा कैलारी गाउँपालिका वडा नम्बर ४ को कार्यालय तथा मुख्य प्रायोजकमा धनगढीमा रहेको निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर रहेको छ । वि.स. २०५७ सालदेखि न्यु युवा सुन्दर शक्ति युवा क्लबले अटवारी र तिजको अवसरमा फुटबल प्रतियोगिताका साथै मेलाको आयोजना गर्दै आएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार