नेपालको संविधान नवौँ वर्षमा प्रवेश: धनगढीमा यसरी मनाइयो सुदूरपश्चिम प्रदेशस्तरीय मूल समारोह

नेपालको संविधान नवौँ वर्षमा प्रवेश: धनगढीमा यसरी मनाइयो सुदूरपश्चिम प्रदेशस्तरीय मूल समारोह

धनगढी : नेपालको संविधान नवौं वर्ष प्रवेश गरेको अवसरमा विविध कार्यक्रम गरि मनाइएको छ ।

संविधान दिवसको अवसरमा दिप प्रज्वलन, अन्तरक्रिया, भव्य समारोह लगायत विविध कार्यक्रम गरि मनाइएको हो ।

संविधान दिवस मुल समारोह समिति सुदूरपश्चिम प्रदेशले धनगढीको रंगशालामा भव्य समारोह कार्यक्रम आयोजना गरेको थियो ।

प्रदेश प्रमुख देवराज मल्लको प्रमुख आतिथ्यमा मुल समारोह समितिले भव्य कार्यक्रम गरेको हो ।

सो समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री कमलबहादुर शाहले अहिलेको संविधानले नागरिकका आधारभुत अधिकारलाई सुनिश्चितता गरेको बताए ।

उनले भने –‘संविधान आएसंगै नागरिकका हकअधिकार सुनिश्चित भएका छन् । अब सामाजिक तथा आर्थिक विकास तर्फ सरकार केन्द्रित भएको छ ।’ उनले सरकारले बनाएका नीति, कार्यक्रम कार्यान्वयन सन्तोषजनक नहुँदा अझै पनि विकासको गतिमा सुस्ता देखिएको बताए ।

समितिले आयोजना गरेको समारोहमा प्रदेश मातहातका मन्त्रालयका मन्त्री, प्रमुख सचिव, सचिव, मातहात कार्यालयका कर्मचारी लगायतको सहभागिता रहेको थियो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार