गोदावरी नगरपालिका द्वारा स्थानीय पाठ्यक्रम तयार

कैलालीको गोदावरी नगरपालिका
कैलालीको गोदावरी नगरपालिका

धनगढी : कैलालीको गोदावरी नगरपालिकाले स्थानीय पाठ्यक्रम तयार पारेको छ । नगरपालिकाले राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ ले कक्षा १ देखि ८ सम्म स्थानीय पाठ्यक्रम पढाउनु पर्ने प्रावधान अनुरुप कक्षा ४ देखि ८ सम्म लागु गर्ने गरी ‘हाम्रो गोदावरी’ २०८० नामक पाठ्यक्रम तयारपारेको हो ।

गोदावरी नगरपालिकाको वस्तुस्थिति सँग परिचित गराउने गरी कक्षा ४ देखि ८ सम्मको ‘हाम्रो गोदावरी’ पाठ्यक्रममा गोदावरी नगरपालिका अन्तरगतका सम्पदाको पहिचान तथा संरक्षण गर्ने, स्थानीय पेशा, व्यवसाय र प्रविधिसँग परिचित हुन, स्थानीय फोहरमैलाको उचित व्यवस्थापन गर्न, स्थानीय सामाजिक समस्याहरूको पहिचान तथा समाधान गर्न, दैनिक जीवनमा आइपर्ने कठिनाइ प्रति सचेत रही सुरक्षाका उपायहरू अवलम्बन गर्न र खेल र योगका माध्यमबाट स्वास्थ्य र प्रसन्न रहने क्षमताको विकास गरिने उल्लेख गरीएको छ ।

हाम्रो गोदावरी पाठ्यक्रम अध्यापन गर्दा शिक्षकले विविधतालाई ध्यानमा राखेर ह सञ्चालन गरिनुपर्ने उल्लेख छ । उक्त पाठ्यक्रम अध्यापन गराउँदा शिक्षकले विद्यार्थीको सहभागितामा योजना निर्माण, परियोजना कार्य, क्षेत्र भ्रमण, समस्या समाधान खोजमूलक अध्ययन, परिवर्तनमुखी पद्धतिलाई सिकाइ सहजीकरण विधिका रुपमा कार्यान्वयन गर्नुपर्ने र बालबालिकाको सिकाइलाई प्रोत्साहन गर्नुपर्ने, खेल, गीत, कविता, कथा, कहानी, प्रदर्शन, श्रव्यदृश्य सामग्रीको प्रदर्शन मार्फत सिकाइका क्रियाकलाप अनिवार्य गराउनु पर्ने जनाईएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

100%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार