लोक गीत ‘पारी ठुली भिर’ सार्वजनिक

लोक गीत ‘पारी ठुली भिर’ सार्वजनिक

काठमाण्डौं : लोकप्रिय सर्जक सुन्दर हमालको शब्द रचनामा रहको मौलिक  लोक तथा दोहोरी गीत ‘पारी ठुली भिर’सार्वजनिक भएको छ । गायिका सिम्रन परियार र राजन कार्किले गीतमा स्वर दिएका छन ।

गीतमा राजन कार्कीको संगीत छ ।नेपाली पनको आभाष दिने किसिमले गीतको निमार्ण गरिएको सुन्दर हमालले बताए । गीत सार्वजनिक भए सगैँ सामाजिक सञ्जालमा चर्चाको शिखरमा रहको छ ।

मौलिक लोक लयमा आधारित गीतमा मायालु जोडि विचको प्रेम र उत्सवलाई चित्रण गरिएको छ  । सन्जय राईको छायाँकन , अमृत चापागाईँको सम्पादन तथा मनोहर भण्डारीको निर्देशन भिडियोमा रहेको छ।मौलिक धारमा  तयार पारिएको गीतको भिडियोमा बेगम नेपाली र स्मारिका ढकालको अभिनय देख्न सकिन्छ । सुन्दरको यस अगाडि कहिले पुग्ला धन, बनको खयर , सईले, आउन मायालु , उखुम , दसै गोजीमा हाले  गीत चर्चामा रहेका थिए ।

‘पारी ठुली भिर’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस । 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार