टेलिभिजन रियालिटी सो ‘महा गफाडी’को फिजिकल अडिसन असोज १३ गते हुने

टेलिभिजन रियालिटी सो ‘महा गफाडी’को फिजिकल अडिसन असोज १३ गते हुने

धनगढी: टेलिभिजन रियालिटी सो ‘महा गफाडी’को फिजिकल अडिसन असोज १३ गते हुने भएको छ । ढाका टोपी फिल्मस्को ब्यानरमा निर्माण हुने रियालिटी शोको फिजिकल अडिसन काठमाडौं ज्ञानेश्वरस्थित मिड भ्याली कलेजमा हुन लागेको हो ।

डिजिटल अडिसनमार्फत छानिएका प्रतिस्पर्धीले फिजिकल अडिसनमा भाग लिन पाउनेछन् । डिजिटल अडिसनबाट छानिएका टप १००ले फिजिकल अडिसनमार्फत टप १८का लागि प्रतिस्पर्धा गर्नेछन् ।

आफ्नो ज्ञान, गफप्रतिको ध्यान र गफको विज्ञानका आधारमा आफूलाई ‘महागफाडी’को रुपमा प्रस्तुत गर्नुपर्ने हुन्छ । निर्णायक र दर्शकको भोटिङ्गको आधारमा प्रतिस्पर्धीबीच प्रतिस्पर्धा हुनेछ । जसको भोटिङ पार्टनरको रुपमा माई पे रहेको छ ।

यस हाँस्य व्यंग्य कार्यक्रममा निर्णायक मण्डलमा शैलेन्द्र सिम्खडा, अभिनेत्री लुनिभा तुलाधर र अभिनेता बुद्धि तामाङ रहेका छन् । कार्यक्रमको सञ्चालन कलाकार कामेश्वर चौरासियाले गर्ने छन् ।

महागफाडी बन्न सफल विजेताले १५ लाख नगद पुरस्कार तथा सवारी साधन, फस्ट रनरअपलाई १० लाख नगद र सवारी साधन, सेकेण्ड रनरअपलाई पाँच लाख नगद र सवारी साधन तथा चौथो र पाँचौं हुनेलाई आकर्षक उपहार दिइने बताइएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार