स्त्रीरोग विशेषज्ञ डा.ताम्राकारले ल्याए ‘स्वस्थ महिला’

स्त्रीरोग विशेषज्ञ डा.ताम्राकारले ल्याए ‘स्वस्थ महिला’

प्रा.डा.सानुमैयाँ दली,डा.सरोजा पाण्डे, प्रा.डा. प्रमिला प्रधान,प्रा.डा.आश्मा राना, प्रा.डा.लता बज्राचार्य, प्राज्ञ तथा लेखक अमर न्यौपाने, लेखककी पत्नी चण्डेश्वरी श्रेष्ठ ताम्राकारसहित लेखक डा. ताम्राकारले ‘स्वस्थ महिला’पुस्तक विमोचन गरेका हुन् । 

बाल्यकालबाट किशोरावस्थामा प्रवेश गर्दाका शारीरिक परिवर्तन, किशोरावस्थाका जटिलता र जिज्ञासा, महिनावारी, पाठेघर र डिम्बाशयबारे जानकारी, यौनजन्य संक्रमण, बाँझोपन, रजोनिवृत्तिलगायत महत्वपूर्ण विषयलाई पुस्तकले समेटेको छ । पाठेघरको मुखको संक्रमणका साथै विभिन्न अंगमा हुने क्यान्सर, तिनको रोकथाम र शल्यक्रिया अघि/पछिको हेरचाहका बारेमा पुस्तकमा समेटिएको छ ।

कार्यक्रममा प्रा.डा. पदमराज पन्तले पाठेघरमा हुने पानीको फोका, सिस्टदेखि परिवार नियोजनसम्बन्धी विषयमा लेखिएकाले  पुस्तक पढ्दा यस्ता रोगबाट जोगिन सकिने बताए । 

बरिष्ठ स्त्री रोग विशेषज्ञ डा. भोला रिजालको उपस्थितिमा भएको कार्यक्रममा बरिष्ठ स्त्रीरोग विशेषज्ञ प्रा.डा.सानुमैयाँ दलीले बिमोचित पुस्तकले महिला स्वास्थ्यको विषयमा निकै महत्वपूर्ण जानकारी दिने बताइन् ।

साधारण जानकारीको अभावमा महिलाले कष्ट व्यहोर्नुपरेको अनुभवका आधारमा उनीहरूको समस्यामा केन्द्रित रही पुस्तक तयार पारिएको लेखक ताम्राकारले बताए । सन् २०१५ देखि नै स्वस्थ महिला पुस्तक लेख्न सुरु गरेको उनको भनाइ छ । 

नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य तथा लेखक अमर न्यौपानेले किशोरअवस्थामा शरीरमा आउने परिवर्तनदेखि महिनावारी, रजोनवृतिसम्म र महिलाको शरीरमा आउने समस्याबारे  पुस्तकमा समेटिएको बताए ।

पुस्तकमाथि चर्चा गर्दै डा. सपना अमात्य, प्रा.डा. आभा श्रेष्ठलेलगायतले ‘स्वस्थ महिला’ पुस्तक हरेक व्यक्तिले पढ्नुपर्ने र घरघरमा पुर्‍याउनुपर्ने  प्रतिक्रिया दिए । 

लेखक प्रा.डा. ताम्राकार धुलिखेल अस्पतालमा सन् २००२ देखि कार्यरत छन् । सन् २००७ देखि उनी कन्सल्टेन्ट गाइनेकोलोजिस्टका रुपमा काम गरिरहेका छन् ।

उनको विशेष रुचि ल्याप्रोस्कोपी र निःसन्तान क्षेत्रमा छ । उनले ‘स्वस्थ महिला’ सहित करिब डेढ दर्जन स्वास्थ्य, संस्कृति एवं साहित्यका पुस्तकहरू लेखेका छन् । नेसोगको सह–कोषाध्यक्ष समेत रहेका उनले नेपाली महिलाको स्वास्थ्य सुधारको क्षेत्रमा विभिन्न लेखमार्फत् पनि योगदान पुर्‍याएका छन् । 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार