प्रथम सुदूरपश्चिम श्री शारीरिक सुगठन प्रतियोगिता सम्पन्न, को हुन् उपाधि विजेता ?

प्रथम सुदूरपश्चिमश्री शाररिक सुगठन प्रतियोगिता सम्पन्न, को हुन् उपाधि बिजेता

धनगढी : प्रथम सुदूरपश्चिमश्री शाररिक सुगठनको उपाधिलक्ष्मीदत्तपन्त र सुनिलचन्दले प्राप्त गरेका छन् । सुदूरपश्चिम फिट्नेश एण्ड फारवेष्ट स्पोर्टस क्लबको आयोजनामाशुक्रबारदेखि शुरु भएको प्रतियोगिताअन्तरगतशाररिक सुगठन विधामाचन्द र मेन्स फिजिकतर्फ पन्तले उपाधिपाएकाहुन् ।

यस्तै शाररिक सुगठन विधामादितिय पुरस्कार आर्यान शाही, तृतियअर्जुन साउद र सहानुभुतितर्फ अनिल सेरलाले प्राप्त गरेका छन भने मेन्स फिजिकतर्फ दितिय पुरस्कारतर्फ अजय रिजाल, तृतिय अमृत रावत र सहानुभुतितर्फ सन्देश शाहले प्राप्त गरेका छन् ।

प्रतियोगिताकादुवै विधाकाविजेतालाई जनहीनगद २५ हजार पुरस्कार प्रदानगरिएको छ । यस्तै दुवै विधामा दोस्रो हुनेलाई नगद १५ हजार र तेस्रो हुनेलाई नगद १० हजार नगद पुरस्कार दिइएको छ ।साथमाजिन्सी पुरस्कारहरूपनिप्रदानगरिएको छ ।

प्रदेशका सामाजिकविकास मन्त्री झपटबहादुर साउदले विजेता खेलाडीलाई ट्रफी, नगद पुरस्कार तथा सामाग्रीहष्तान्तरण गरे ।
सो अवसरमामन्त्री साउदले खेलकुदको विकासकालागिप्रदेश सरकारले बजेटमा कमिहुननदिने प्रतिवद्धता व्यक्त गरे । उनले भने –‘अहिले खेलकुदमासिमित स्रोत साधन रहेको छ । प्रदेश सरकारले अहिले पनि खेलकुदमा बजेट विनियोजन गरेको छ । तर, त्यो अप्रर्याप्तहो । आगामीआर्थिक वर्षमाप्रदेश सरकारले प्राथमिकता क्षेत्र पहिचानगरि खेलकुदमा बजेट विनियोजन गर्ने छ ।’

उनले वेरोजगारी, गरिविव्याप्तरहेको बताउँदै ‘यो साझा समस्याबनेको छ । जसकाकारण कुलतमा फसेका छन् ।तेब्बर ढंगले लागु औषधदुव्र्यशनीप्रयोगकर्ता बढेको छ ।’

उनले खेलकुदप्रतियोगिताले युवाहरुलाई कुलतमा फस्नबाट रोक्ने भएकाले युवाहरुले विभिन्न खेलकुदप्रतियोगितागर्न जरुरी रहेको बताए ।

उनले भने –‘युवाहरुजागरूक नबनेसम्मप्रदेश बन्दैन ।यवाहरूले आफै स्वरोजगारको सृजनागर्नुपर्छ ।’
उनले क्रिकेट, फुटबलमा प्रदेश अघि बढेको बताउँदै‘खेलप्रेमी साथि अघि बढ्नुहोस । प्रदेश सरकारले हरेक क्षेत्रमा सहयोग गर्छ ।युवाहरुमाएकता, धैर्यता, उर्जावान जरूरी छ ।’

क्लबकाअध्यक्ष मोहन तामाङको अध्यक्षतामा प्रतियोगिता भएको हो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

100%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार