मोडेल राज दीप र शिल्पा पोखरेल अभिनीत ‘चोट’ गीतको भिडियो सार्वजनिक

मोडेल राज दीप र शिल्पा पोखरेल अभिनीत  ‘चोट’ गीतको भिडियो सार्वजनिक

काठमाडौँ : मोडेल राज दीप र शिल्पा पोखरेल अभिनीत  ‘चोट’ गीतको भिडियो सार्वजनिक भएको छ । लोकप्रिय गायक शिव परियारको स्वरमा रहेको गीत  ‘चोट’ को म्युजिक भिडियो शुक्रवार सार्वजनिक भएको हो ।

माया प्रेम र बिछोडलाई बेजोड रूपमा देखाइएको गीतको भिडियोमा दीपक बिडारीको शब्द, रिमेश कुमारको सङ्गीत, कुशल सिंह निलको एरेञ्ज र साजन शाहको मिक्सिङ–माष्टरिङ रहेको गीतको भिडियोमा केशव राज भट्टको निर्देशन र कोरियोग्राफी रहेको गीतको भिडियोमा शिल्पा पोखरेल, राज दीप र सोनु निरौला फिचर्ड  छन् ।  

यस्तै, राम कुमार केसीको छायाङ्कन रहेको भिडियोमा दृश्य सम्पादन बन्दे प्रसादले गरेका छन् । गीत जति राम्रो छ गीतको भिडियो त्यतिकै उत्कृष्ट बनेको छ । भने मोडेल राज दीपको अभिनय पनि उत्तिकै उत्कृष्ट रहेको दर्शकहरूले प्रतिक्रिया दिएका छन् । 

सङ्गीतकार रिमेश कुमारले सबैको सक्दो मिहिनेतले एउटा राम्रो गीत र यसको भिडियो स्रोता र दर्शकमाझ पस्किएको र सबैको माया पाउनेमा आशावादी रहेको बताए ।

युवा निर्देशक केशव भट्टले गीतको भाव अनुसार भिडियोलाई सशक्त रूपमा प्रस्तुत गरेका छन् भने धोकेबाज प्रेमीलाई मेन्सन गरेर गीत बनाइएको बताइएको छ । 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

50%

खुसी

50%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार