मङ्गलवार दिउँसोको भूकम्पले सुदूरपश्चिममा कहाँ के भयो ?

मङ्गलवार दिउँसोको भूकम्पले सुदूरपश्चिममा कहाँ के भयो ?
भूकम्पले क्षेती पुर्‍याएका घर र विद्यालय

धनगढी : मङ्गलवार दिउँसो २ बजेर ४० मिनेटमा बझाङको तल्कोट केन्द्रबिन्दु भएर ५.३ रेक्टर स्केलको भूकम्प र दोस्रो पल्ट ३ बजेर ६ मिनेटमा ६.३ रेक्टरको भूकम्प बझाङको चैनपुर आसपास केन्द्रबिन्दु भएर गएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार यस पटक आधा घण्टाको अवधिमा दुई पटक भूकम्प गएको हो । 

भूकम्पका कारण बझाङमा घर र विद्यालयमा क्षति पुगेको छ। जिल्लाको तलकोट र चैनपुर आसपास केन्द्रबिन्दु बनाएर गएको भूकम्पले भौतिक संरचनामा क्षति पुर्‍याएको हो। 

जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार जिल्लाको छबिस पाथिभेरा गाउँपालिका– १ जाले बगरमा भूकम्पले सुख्खा पहिरो गएपछि उक्त पहिरोमा परी दुई जना घाइते भएका छन् । 

यस्तै, भूकम्पका कारण तलकोट गाउँपालिकाको सुनिकोट मावि, जय पृथ्वी नगरपालिकाको सत्यवादी माविलगायतका दर्जनौँ विद्यालयमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

जिल्ला सदरमुकाममै रहेको बाल विकास मावि गोलाईको भवन पनि भत्किएको छ। तलकोट गाउँपालिका– १ को भवन पनि भत्किएको छ। यस्तै जय पृथ्वी राजमार्गको विभिन्न ठाउँमा पहिरो गएर बाटोसमेत अवरुद्ध भएको बताइएको छ। 

भूकम्पका कारण डोटीको पूर्वी चौकी गाउँपालिका– ३ गैरा गाउँस्थित दुर्गा माविको भवनमा क्षति पुगेको छ। 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार