पत्रकार श्रेष्ठलाई पितृ शोक

पत्रकार श्रेष्ठलाई पितृ शोक

धनगढी : पत्रकार सुदर्शन श्रेष्ठलाई पितृ शोक परेको छ । रोजगारीका लागि भारतको पन्जाब रहेका श्रेष्ठका बुबा टोप बहादुर श्रेष्ठको ५१ वर्षको उमेरमा सोमबार बिहान निधन भएको हो । 

अघिल्लो दिन सामान्य ज्वरो आएका श्रेष्ठको भोलि बिहान अकस्मात् निधन भएको खबर प्राप्त भएको परिवारले जनाएको छ ।

पत्रकार श्रेष्ठसहित परिवारका सदस्यहरू पन्जाब पुगेपछि बुधवार बिहान स्वर्गीय श्रेष्ठको हिन्दु परम्परा अनुसार दाहसंस्कार गरिएको छ ।  

स्वर्गीय श्रेष्ठका श्रीमती, एक छोरी र दुई छोरा छन्। भने डिजिटल आर्थिक पत्रिका अर्थसरोकारडटकममा कार्यरत पत्रकार श्रेष्ठ कान्छा छोरा हुन् । 

यो अकल्पनीय, अप्रिय घटना भोगी रहेको शोकाकुल श्रेष्ठ परिवारमा ईश्वरले धैर्य धारण गर्न सक्ने शक्ति प्रदान गरुन् भन्दै, स्वर्गीय पवित्र आत्माको चिर शान्तिको कामना सहित सोधपत्रडटकम परिवार भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

100%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार